Comments Add Comment

अठार किलो सुनसहित तीन पक्राउ

gold

१७ वैशाख, सिन्धुपाल्चोक । इलाका प्रहरी कार्यालय बाह्रबिसेले १८ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

तातोपानीबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९ च १४६३ नंको कार जाँच गर्दा गाडीको डिकीमा लुकाएर राखेका अवस्थामा सुन बरामद भएको हो । सुनसहित सिन्धुपाल्चोक तातोपानी–३ का साङ्बो शेर्पा र मिङ्मार शेर्पा तथा मेलम्ची नगरपालिका–८ की विमला थापालाई पक्राउ गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रवीन्द्र क्षेत्रीले जानकारी दिए ।

अभियुक्त सबैलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेमा राखी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment