Comments Add Comment

म्यानचेष्टर सिटीसँग खेल्नु अघि रोनाल्डो ट्रेनिङमा फर्किए

Ronaldo

२० वैशाख, काठमाडौं । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिग-सेेमिफाइनलको दोस्रो लेग अघि ट्रेनिङमा फर्किएका छन् ।

च्याम्पियन्स लिगको सेेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिड र म्यानचेष्टर सिटी बुधबार राति भिड्दैछन् । सिटीको घरेलु मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा टुङ्गएिको थियो, जुन खेलमा रोनाल्डो थिएनन् ।

ला लिगामा भिल्लारियलविरुद्धको खेलका क्रममा बाइसाइकल किक हान्ने क्रममा रोनाल्डोको तिघ्रामा दबाव परेको थियो । त्यसपछि उनले खेलेका छैनन् ।

आइतबार उनले ट्रेनिङमा फर्किएका छन् । उनले रियल मड्रिडका टिमेमेटसँग अभ्यास गरेका छन् ।

उनी मैदान फर्किएको अवस्थामा इंग्लिस क्लब म्यानचेष्टर सिटीलाई बेर्नाबेउमा निकै दबाव हुनेछ । रोनाल्डोले च्याम्पियन्स लिगमा १० खेलमा १६ गोल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment