Comments Add Comment

लेइस्टरले जित्यो प्रिमियर लिगको उपाधि

Leicester-Winner२१ वैशाख, काठमाडौं । विश्वलाई आश्चर्यचकित पार्दै लेइस्टर सिटीले इंग्ल्याण्डको प्रतिष्ठित इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।

लिगको सुरुवातमा लेइस्टरको च्याम्पियन बन्ने संभावना ५००० मा १ मात्र रहेको चर्चा चलिरहँदा उसले इंग्लिस प्रिमियर लिगको इतिहासमा एउटा अभुतपूर्व सफलता हासिल गरेको छ ।

लिगको सुरुवातदेखिनै शीर्ष स्थानमा रहेको लेइस्टरले लिगमा दुई खेल अगावै उपाधि जितेर सबैलाई आश्चर्यचकित बनाएको छ । यो जितलाई इतिहासकै सबैभन्दा अपत्यारिलो जितको रुपमा हेरिएको छ ।

गएराति भएको खेलमा लेइस्टरको निकटतम प्रतिद्धन्दी टोटनहृयामले चेल्सीसँग दुई दुई गोलको बराबरी खेलेपछि यसको प्रत्यक्ष फाइदा लेइस्टरले लिएको हो ।

लिगमा लेइस्टरको ३६ खेलबाट ७७ अंक छ भने टोटनहृयामको समान खेलबाट ७० अंक भएको छ । लिगमा दुई खेल बाँकी रहँदा लेइस्टर च्याम्पियन बनेको हो । उसले लिगमा मात्र ३ खेलमा पराजय ब्यहोरेको छ भने ११ खेल बराबरीमा टुंग्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment