Comments Add Comment

हलमा ‘उहिले बाजेको पालमादेखि रोल्पा रोग’सम्म

khusbu khadka
शुक्रबारदेखि नेपाली चलचित्र हलहरुमा फरक प्रकृतिका तीन नेपाली चलचित्र रिलिज भएका छन् । पुरानो संस्कारमाथी बनेको चलचित्र ‘उहिले बाजेको पालामा’, माओवादी युद्धमाथि बनेको ‘रोल्पा रोग’ र ‘आवारा’ आजदेखि प्रदर्शनमा आएका छन् ।

गणेश बेलबासेको लेखन तथा वसन्त घर्ती मगरको निर्देशनमा बनेको ‘उहिले बाजेको पालामा’ले पुरानो नेपाली मौलिक संस्कृति झल्काउने कथा बोकेको छ ।यस चलचित्रमा रुढीवादी संस्कृति र प्रेम प्रसङ्गलाई फरक ढङ्गले ब्याख्या गरिएको निर्देशक घर्तीको भनाइ छ । लेखक बेलबासेसहित दीलिप रायमाझी, नवीन श्रेष्ठ, खुश्बु खड्का लगायतका कलाकारले योे चलचित्रमा अभिनय गरेका छन् ।

अर्को चलचित्र ‘रोल्पा रोग’ ग्रामीण क्षेत्रका युवाले माओवादी सशस्त्र द्वन्द्वका समयमा पाएको दुःखलाई समेटेर निर्माण गरिएको चलचित्र हो । दीपक वलीले निर्देशन गरेको चलचित्रमा शिशिर भण्डारी, कुलदीप अधिकारी, बिनु खड्का, जनक थापालगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

त्यसैगरि, ‘आवारा’ले सज्जन मानिसलाई समाजले आवारा बन्न बाध्य पारेको कथालाई उठान गरेको छ । दिनेश पौडेलले निर्देशन गरेको यस चलचित्रमा राजेश ढुङ्गाना, सिर्जना ढकाल, राजेन्द्र बस्नेत, रवीन लामा लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment