Comments Add Comment

मोदी र एपलका सीईओ कुकबीच भेट, के भयो कुराकानी ?

tim-cook-and-modi

८ जेठ, काठमाडौं । एपलका मुख्य कार्यकारी अधिकृत (सीईओ) टिम कुकले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटे ।

भारत भ्रमणमा रहेका कुकले मोदीलाई सरकारी आवासमा भेटेका हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार मोदी र कुकबीच निर्माणको सम्भावना र भारतीय युवाहरुको प्रतिभाको उपयोगबारे छलफल भएको छ ।

टिम कुकले भारतलाई लिएर ऐपलले बनाएको भावी योजनाबारे सुनाएका थिए । भारतीय युवाहरुको प्रतिभाको सराहना गर्दै उनले त्यसलाई ऐपलले प्रयोग गर्न चाहेको बताए ।

एपलका मुख्य कार्यकारी अधिकृत कुक पहिलो पटक भारत आएका हुन् । उनले मोदीलाई भेट्नु अघि नै बेंगलुरुमा एक ऐप डेभलोपमेन्ट सेन्टर बनाउने घोषण गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment