Comments Add Comment

यूट्यूवमा दर्शक उर्लिदा दिपक मख्ख, भन्छन्, अर्को फिल्मलाई फाइदा

Deepak-RAj-Giri new

काठमाडौं । उज्वल घिमिरे निर्देशित चलचित्र ‘वडा नम्बर छ’ युट्युबमा हटकेक बनिरहेको छ । अपलोड भएको ५ दिनमा १५ लाखभन्दा बढि ‘भ्यु’ यसले पाएको छ ।

युट्युबमा नेपाली फिल्म लोकपि्रय हुनु सुखद हो, तर व्यवसायिक पाटोबाट यसले फिल्मको निर्माण पक्षलाई फाइदा गर्दैन । यूट्यूवमा फिल्म लिक गर्नु भनेको विश्वका जुनसुकै कुनामा लगेर फिल्म चलाउने ढोका बन्द गर्नु जस्तै हो ।

तैपनि यूट्यूवमा दर्शक उर्लिएकोमा मख्ख देखिए निर्माता दिपकराज गिरी । उनको भनाई दावी छ, युट्युबमा फिल्म राखेर बजार घट्दैन बरु बढ्छ ।

नयाँ फिल्म ‘छक्का पञ्जा’ प्रदर्शनको तयारीमा जुटेका दिपकराज भन्छन् ‘अहिले जो दर्शकले युट्युबमा हाम्रो फिल्म हेर्न पाउनु भएको छ । उहाँहरु छक्कापञ्जा हेर्न हलमै आउनुहुन्छ ।’

फिल्म रिलिज भएको नौ महिनापछि युट्युबमा राखिएको हो । अघिल्लो फिल्म ‘छ एकान छ’ रिलिजको छ महिनामै युट्युबमा अपलोड गरिएको थियो ।

प्रविधिको विकासले फिल्म एवं गीतको प्रचार-प्रसार गर्न जति सजिलो छ । जोखिम पनि उत्तिकै छ । दिपकराज भन्छन् ‘अहिलेको सबैभन्दा ठूलो चुनौति भनेको पाईरेसी हो । त्यसवाट जोगिनको लागि पनि युट्युबमा राख्नै पर्छ ।’
‘पाईरेसी भएपनि पुग्ने दर्शककहाँ नै हो,’ दिपकराज भन्छन्- ‘कम्तिमा दर्शकले ओरिजनल फिल्म हेरुन् भनेर पनि बेलैमा युट्युवमा राख्यौं ।’

यहि फिल्ममा रहेको सुर्के थैली खै…बोलको गीत अहिलेसम्म ७६ लाख दर्शकले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment