Comments Add Comment

असारे विकास तीब्र, धुलाम्य सडकमा ‘कार्पेट पीच’

प्रत्येक वर्ष एउटै सडकमा यसरी खन्याइन्छ पैसा

bhairabha_road (2)१३ जेठ, काठमााडौं । दुई दिनपछि नयाँ अर्थिक वर्षको बजेट घोषणा हुँदैछ, जनतालाई बजेटमा कस्तो कार्यक्रम आउला भन्ने चासो छ । आजभोलि विकासे अड्डाका हाकिमलाई भने ठकेदारलाई योजनाहरुको भुक्तानी दिएर भ्याई नभ्याई छ ।

आर्थिक वर्ष सकिनै लाग्दा आफ्नो निकायमा आएको बजेट सकेसम्म कम मात्रामा फ्रिज भएको देखाउन र हतारमा काम गराएर त्यसको ‘अमूक फाइदा’ लिन जिम्मेवार सरकारी अधिकारीहरु लागेका छन् ।

तपाई राजधानीमा कतै हिँड्दै हुनुहुन्छ भने जतासुकै लेखिएको भेटिन्छ- ‘बाटो बन्द छ, निर्माण कार्य भइरहेको छ ।’ बटुवाहरु सवारी साधन रोक्छन् र गुनासो पोख्छन्- ‘वर्षायाममा बजेट सक्न र भ्रष्टाचार गर्न हतार-हतार यस्तो गरिएको हो । एउटै सडक प्रत्येक वर्ष पीच गरिन्छ राजधानीमा ।

जतात्यतै ‘कार्पेट पीच’

सरकारको नियमअनुसार जुनसकै सडक कालोपत्रे गर्दा न्यनतम ४४ मिलिमिटर अर्थात झण्डै ४ अम्बल हुनैपर्छ । तर, सडकमा १५ मिलिमिटर पनि मोटाइ भएको ‘कार्पेट पीच’ गर्ने क्रम तीब्र भएको छ ।

नियमअनुसार नबिगि्रएका सडकको स्तरोन्नति गर्दा मात्रै कार्पेट पीच गर्नुपर्ने हो । तर, पूर्ण रुपमा नयाँ कालोपत्रे गरिएका सडकमा पनि निकै कार्पेट पीच गरिँदैछ ।

road-pich-gardaiअस्फाल्ट (स्तरीय) पीचका लागि रकम लिएर कार्पेट पीच भइरहँदा सरकारी अधिकारीहरु मौन छन् । ठेकेदारहरु पनि अस्फाल्ट पीचको सम्झौता गरेर कार्पेट पीच गर्दैछन् । पीचका लागि ल्याइएका रोडा र अलकत्राको गुणस्तरबारे पनि सरकार बेखबर छ । सडकमा साना रोलरले पीचलाई सम्याइँदैछ । त्यसले पीचको दिगोपनामाथि प्रश्न उठाएको छ ।

अहिले अधिकांश सडकमा भइरहेको ‘कार्पेट पीच’सस्तो र कम गुणस्तरको हुन्छ । अस्फाल्ट पीच गरिएका सडक र त्यसको कालोपत्रे मजबुत र किफायती  हुन्छ ।

वर्षायाम लाग्दा सडकमा थुपारिएको कार्पेट पीच वषर्ाको भेलले बगाउने पक्कापक्की छ । अबको ३ महिनापछि यी सडकमा खाल्डो पर्न थाल्नेछन् र एक वर्षपछि सडक पुरानै अवस्थामा फर्किनेछ ।

ठेकेदारलाई मालामाल, सरकारी अनुगमन शून्य

ठेकेदारहररु पनि यही ‘हतारको विकास’मा चौका मार्दैछन् । सम्झौता गरेर वर्ष दिनभरि हराउने ठकेदार वर्षा लागेपछि काममा फर्किएका छन् । अधिकांश आयोजनाको फिल्डमा अहिले काम भइरहेजस्तो देखिएको छ । त्यसैले सबै विकासे अड्डाका अधिकारी विकासले निकै ‘गति’ लिएको बताउँदैछन् ।

वर्षालागेपछि विकासको ‘कागजी घोडा’ दौडिएको छ । हिजोआज सडकको कालोपत्रे मौलाउँदैछ भने सानादेखि ठूला निर्माण आयोजनाका कामको प्रगतिको दर दिन दुईगुणा रात चौगुणा भएको देखाइँदैछ ।

त्यसैका आधारमा सरकारको ढुकुटीबाट दिन-दिनै करोडौं विकास बजेट निकासा हुँदैछ । तर, फिल्डमा भएको कामको गुणस्तरियता हेर्न कुनै निकाय सक्रिय छैन ।

एउटा उदाहरण  

चालु आर्थिक वर्षको सडक विभागले झण्डै ४० अर्ब रुपैयाँ बजेट पायो । ११ महिनामा विभागले बल्ल तल्ल १६ अर्ब रुपैयाँको काम गरेको छ । विभागका प्रवक्ता दयाकान्त झा असार सकिँदासम्म विभागले झण्डै ३५ अर्व रुपैयाँ खर्च भइसक्ने बताउँछन् ।

‘अहिलेसम्म ४० प्रतिशत प्रगति हात लागेको छ’ झा भन्छन्-‘आर्थिक वर्ष सकिँदासम्म ८५ प्रतिशत प्रगति हात पार्ने लक्ष छ ।’ अहिले धरान-चतरा, बेलहैया-बुटवल, नेपालगञ्ज-कोहलपुरसहित उपत्यका विभिन्न सडकमा कालोपत्रेको काम भइरहेकाले ८५ प्रतिशत खर्च गर्न गाह्रो नपर्ने उनको तर्क छ ।

झाले भनेअनुसार विभागले रकम खर्च गर्ने हो भने अब दिनको झण्डै एक अर्ब रुपैयाँ खर्च गर्नुपर्छ । वर्षदिनभरि भएको काम भन्दा एक महिनाको काम धेरै भएको देखाएर त्यसै अनुरुप बजेट पनि निकासा पनि हुनेछ । यसको फाइदा २ महिनामा काम गरेर दश महिना हराउने ठेकेदारलाई सबै भन्दा बढी छ ।

Digging a road for Melamchi pipeline (16)असारे विकास

‘असारे विकास’को यो रोगले नेपाललाई लामो समयदेखि सताइरहेको छ । ११ महिना काम नगर्ने सरकारी निकाय असार लाग्ना जुर्मुराएका छन् । तर, यो असारे विकासले न जनतालाई फाइदा गरेको छ, न काम नै गुणस्तरीय भएको छ ।

काठमाडौंको धेरै क्षेत्रका सडकमा पि्र-मनसुन सुरु भएपछि सडकको कालोपत्रे सुरु भएको छ । हिउँदभरि धुलाम्य भएका सडकमा वषर्ा लाग्नै लाग्दा कालोपत्रे थालिएको छ ।

स्थानीय बासिन्दाहरु ‘वषर्ामा हिलो भोग्नु नपर्ने भयो भनेर गमक्क’ परेका छन् । तर, पानी वषिर्ंदा वषिर्ँदै गरिएको कालोपत्रे कति टिक्ला भन्ने चासो कसैलाई छैन । सडक कालोपत्रे गर्दा सरकारको न्युनतम् मापदण्डअनुसार नभएको चाल कसैले पाएका पनि छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment