Comments Add Comment

संसदीय सुनवाइ समिति गठनमा सहमति जुटेन, अब बजेटपछि सहमति खोजिने

KP-Oli,-Onsari,-Sherbahadur,-Prachand
फाइल तस्वीर

१४ जेठ, काठमाडौं । संसदीय सुनुवाइ विशेष समिति गठनबारे प्रमुख दलहरुबीच अझै सहमति जुट्न सकेन । अब बजेटपछि मात्र सहमतिको प्रयास हुनेछ ।

सभामुख ओनसरी घर्ती मगरको पहलमा शुक्रबार प्रमुख तीन दलका नेताहरुको बैठक बसेको थियो । तर, दलहरुले आ-आफ्नो अडान राखेका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानो नियमावली अनुसार संसदीय समिति ७५ सदस्यीय बनाउनु पर्ने अडान लिएका छन् । तर, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भने नयाँ संविधान अनुसार १५ सदस्यीय बनाउनु पर्ने बताएका छन् ।

दलहरु आ-आफ्नै अडानमा रहेपछि अब बजेटपछि छलफल गर्ने भन्दै उठेका छन् । शनिबार संसदमा बजेट पेश हुनेछ ।

संसदको नियमावलीको मस्यौदा बनेपनि संसदीय सुनुवाइ समिति गठनबारे सहमति जुट्न सकेको छैन । संसदीय समिति नबन्दा सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश र न्यायाधीश तथा राजदूतहरुको सुनुवाइ हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment