Comments Add Comment

त्रिभुवन विमानस्थल सुधारप्रति पर्यटनमन्त्री असन्तुष्ट

२ साउन, काठमाडौं । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल आइतबार त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थल अनुगमनमा गए । अनुगमनको क्रममा विमानस्थलमा आफुले सोँचेअनुरुप सुधार नदेखिएको उनले बताएका छन् ।

Aananda-Pokhrealमन्त्री पोखरेलले त्रिभुवन विमानस्थलको पटक–पटक अनुगमन तथा निरिक्षणमा गरी सुधारका लागि निर्देशन दिँदै आएका छन् । विमानस्थलको अवलोकनपछि उनले सुधार केही मात्रामा भएको भएपनि सोँचेअनुरुप हुन नसकेको बताए ।

मन्त्री पोखरेलले भने– ‘शौचालयमात्र होइन, सबै ठाउँहरु सफा हुनुपर्यो, कर्मचारीको रुखोपनमा मिठान आउनुपर्यो, चोरी नियन्त्रण हुनुपर्यो ।’

विमानस्थलमा हुने गरेको विकृतिका बारेमा जनगुनासो आएपछि गत जेठ ३२ गते प्रधानमन्त्री ओलीले पनि विमानस्थलको आकस्मिक नीरिक्षण गरेका थिए ।

मन्त्री पोखरेलले प्रधानमन्त्रीले नीरिक्षणका क्रममा दिएको निर्देशन अनुसार काम भए नभएको पनि जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment