Comments Add Comment

कन्दीललाई थाहा थियो भाइले मार्दैछन् भन्ने

kandil७ साउन, काठमाडौं । पाकिस्तानी मोडल कन्दील बलोचकी आमाले कन्दीलका भाइले उनको ज्यान लिन लागेकोबारे उनी जानकार भएको बताएकी छिन् । कन्दीलका भाई वसीमले गत हप्ता उनको हत्या गरेका थिए ।

कन्दीललाई पाकिस्तानमा किम कारदाशिया भनिने गरिन्थ्यो । र, उनी सामाजिक सञ्जालहरुमा निकै लोकपि्रय समेत थिइन् । उनको समर्थकका साथै आलोचकको संख्या समेत कम थिएन ।

कन्दीलका भाई विवाह पश्चात परिवारबाट छुटि्टएर बसेका थिए भने बाबु-आमाको पालन पोषण उनले गर्दै आएकी थिइन् ।

कन्दीलको मृत्यु भएको दिन वसीम घर आएका थिए । उनले खाना खाएसँगै बाबु-आमालाई निदाउने औषधि दिएको र हत्या गरेको उनकी आमाले बताएकी छिन् ।

वसीम घर आएकै समयमा कन्दीलले ‘मलाई मार्नेवाला आयो’ भन्दै आमालाई सुनाएकी थिइन् । कन्दीले वसीमले आफूलाई मार्न खोजेको उसका साथीबाट थाहा पाएको बताएकी थिइन् । त्यससँगै वसीमलाई उनका आमा-बाबुले गाली गरेका थिए ।

वसीमले कन्दील गलत काममा लागेको भन्दै बारम्बार यस्तो नगर्न चेतावनी दिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment