Comments Add Comment

समर लभका लागि अष्ट्रेलियाबाट नायिका छानिने

MMMके तपाई अष्ट्रेलिया बस्दै अउनु भएको छ ? तपाईको उमेर १८ देखि २५ वर्षको छ ? अनि तपाइलाई नेपाली सिनेमाको नायिका बन्ने इच्छा छ भने अब तपाइलाई एउटा अबसर छ । यो अबसर दिलाउने भएको छ चलचित्र समर लभले । ‘अष्ट्रेलियामा रहेका प्रतिभालाई अबसर दिने सोच हो हाम्रो । यस पटक अष्ट्रेलियाबाटै नायिका जन्माउँछौ-‘ चलचित्रका निर्माता दिनेश पोखरेलले भने ।

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका निर्माता पोखरेलको यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्ने भएका छन् ।

चलचित्रका प्रस्तुतकर्तामा चर्चित निर्देशक बिकास आचार्य रहेका छन ।

रूबिन भट्टराईको चर्चित उपन्यास समर लभ माथि निर्माण हुन लागेको यो चलचित्रको अधिकांश छायांकन अष्ट्रेलियामा गरिने चलचित्रका अष्ट्रेलियामा प्रोडक्शन संयोजक मनोज अधिकारीले जानकारी दिए । चलचित्रको अष्ट्रेलियाका मनमोहक स्थानहरूमा छायांकन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment