Comments Add Comment

नेपालको पर्यटन ब्युँताउन हङकङमा ‘हाइक फर नेपाल’

तस्विरः मातृदीप राई
तस्विरः मातृदीप राई

हङकङ – ‘हाइक फर नेपाल’शिर्षकमा आइतबार आयोजित कार्यक्रमले एसियाज वल्र्ड सिटीको उपमापाएको हङकङ सहरलाई करिब चारघण्टा नेपालमय बनायो ।
भूकम्पछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हङकङमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको हो । करिब १३ किलोमिटर यात्रालाई ‘नेपालका लागि सँगसँगै पाईला चालौँ’ नारा दिइएको थियो ।
सहरको मुटुमा केन्दि्रत सेन्ट्र्रलस्थित हङकङ अवजरभेसन विह्लबाट विहान करिब ८ः३० मा सुरु भएको यात्रा वानचाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क लगायत सहरका मुख्य सडक, गोरेटो बाटो र अग्ला पहाडहरुलाई छिचोल्दै समुद्रीकिनार ‘रिपल्स बे’मापुगी टुंगिएको थियो ।

महावाणिज्यदूत कमलप्रसाद भट्टराई र सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पा लगायत हाइकिङको शुभारम्भ गर्दै । तस्बिरः साउथ चाइनामोर्निङ पोस्ट/नोरा ट्याम
महावाणिज्यदूत कमलप्रसाद भट्टराई र सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पा लगायत हाइकिङको शुभारम्भ गर्दै । तस्बिरः साउथ चाइनामोर्निङ पोस्ट/नोरा ट्याम

यहाँ बसोबासरत नेपाली स्थानीय चिनियाँ र विदेशीहरु गरी करिब तीन सयको सहभागिता रहेको हाइकिङमा सहभागीहरु ‘वि विल राईज’ -हामी उठ्ने छौं) अंकित टिसर्टमा सजिएका थिए । महावाणिज्यदूत कमलप्रसाद भट्टराईले नेपालको राष्ट्रि्रय झण्डा उचाली कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
१० पटक सगरमाथा आरोहण गरिसकेका चर्चित किर्तिमानी आरोही फुर्वा तेन्जिङ् शेर्पा र १२ गिनिज वल्र्ड रेकर्ड बनाएका थानेश्वर गुरागाईँ कार्यक्रमको मुख्य आकर्षण बने । गुरागाईँले सोही समारोहमा १३ औं किर्तिमान थप्ने क्रममा कुहिनोमा ६.६२ सेकेण्ड बास्केटबल नचाएका थिए ।
२८ वर्षीय फुर्वाले १७ देखि २४ वर्षको उमेरभित्र ९ पटक सगरमाथाको शिखर चुमेर विश्व किर्तिमान बनाएका छन् । तीन दिनमै दुईपटक सगरमाथा आरोहणको अर्को किर्तिमान पनि उनकै नाममा छ ।
हाइकिङमा स्थानीय चिनियाँ सगरमाथा आरोही जोन च्याङ समेत उपस्थित थिए । उनले दुईपटक सगरमाथा आरोहण गरेको बताए । ‘नेपाल प्रर्वद्धनात्मक कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुशी लागेको छ’, नेपालसँग बेग्लै आत्मीयता गाँसिएको बताउँदै च्याङले भने, ‘भूकम्पपछि हामीले पनि सक्दो सहयोग गर्ने प्रयास गरिरहेका छौं ।’

We-will-rise-again-Hongkong-2-South-China-Morning-Post
‘हामी उठ्नेछौ’ अभियान अन्र्तगतकै पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम स्थानीय संस्था मितेरी सेवा समिति पोखरा हङकङले आयोजना गरेको हो । ‘नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुगोस् भन्ने हेतुले यस्तो कार्यक्रमको आयोजना गरेका हौं’,’मितेरी समाजका अध्यक्ष तुलसी गुरुङले भने, प्रचण्ड गर्मीको समेत परवाह नगरी नेपालीलगायत स्थानीय चिनियाँहरुले देखाएको सद्भावले ठूलो हौंसला मिलेको छ ।’
भूकम्प पीडितहरुको सहयोगार्थ सुरु भएको हामी उठ्ने छौ अभियानले पछिल्लो समय विभिन्न क्षेत्रहरुमा उत्प्रेरणामूलक गतिविधिहरुलाई निरन्तरता दिँदैै आइरहेको छ ।

we-will-rise-again-hongkong-7Devman-Limbu
तस्विरः देवमान लिम्बु

 

we-will-rise-again-hongkong-5Matrideep-Rai-3
तस्विरः मातृदीप रार्इ
we-will-rise-again_hongkong-4Matrideep-Rai-4
तस्विरः मातृदीप रार्इ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment