Comments Add Comment

सुशान्तकी ‘सुन्तली’ भगाउने ‘झिल्के’ कोे ?

sushant karki
नायक सुशान्त कार्कीले सवैभन्दा धेरै माया गरेकी ‘सुन्तली’ भगाउने ‘झिल्के’ को होलान् ? साउन २१ गते रिलिज हुने चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्के ले’ यो प्रश्नको जवाफ दिनेछ ।

सुशान्त र कलाकार सुरजनी केसीको वरिपरी घुमेको यो चलचित्रको कथामा ट्विष्ट तब आउँछ, जतिबेला सुशिल सिटौला पर्दामा देखिन्छन् । निर्देशक ऋषिराज आचार्य यो चलचित्रलाई कथावस्तु र कमेडीका हिसाबले उत्कृष्ट भन्छन् । नेपालको एउटा पुरानो प्रथालाई पर्दामा उतारेको भन्दै ऋषिले दर्शक चलचित्र हेरेर निराश नहुने बताए ।

नायक सुशान्त कार्की चलचित्रमा आफू दुइवटा अवतारमा देखिएको बताउँछन् । साउन २९ गते आयोजना हुन लागेको ‘डी सिने अवार्ड’मा उत्कृष्ट सह-अभिनेताको नोमिनेशनमा परेका सुशान्त यो चलचित्रबाट पनि दर्शकले आफूलाई रुचाउने दाबी गर्छन् ।

ऋषिसँग दोश्रो पटक काम गरेका सुशान्तले चलचित्रको बारेमा भने-‘चलचित्रको कथावस्तु सुशिल, सुरजनी र मेरो वरिपरी घुमेको छ । कमेडी, एक्सन र र रोचक कथावस्तुले दर्शकलाई बाध्ने छ ।’

नेपाली चलचित्रमा अहिले व्यस्त हुँदै गएका सुशान्तले शरीर पनि बनाइरहेका छन् । नेपाली चलचित्रका नायकहरु भूमिकालाई न्याय गर्न भन्दा पनि धेरै चलचित्र खेल्नमा व्यस्त देखिन्छन् । सुशान्तले अब आफू राम्रो ब्यानर र कथाको पर्खाइमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment