+
+
Shares

प्रचण्डका राजनीतिक गुरु काजी बाले भने- अधुरा काम पूरा होस्

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ साउन १९ गते २१:००

Kaji-Ba

१९ साउन, चितवन । पुष्पकमल दाहाल (प्रचण्ड) मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित भएपछि गृह जिल्लाको तीन ठाउँमा दीप प्रज्वलन गर्दै खुसीयाली मनाइएको छ ।

माओवादी चितवनकी प्रवक्ता संगीता भट्टराईका अनुसार भरतपुर चौविसकोठी, प्रचण्डको गाउँ शिवनगर र पूर्वी चितवनको रत्ननगरमा स्थानीयसहित नेता-कार्यकर्ताहरुले दिपावली गरेका हुन् ।

कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्ड २०१९ सालमा बसाईसरेर चितवनमा बस्दै आएका छन् ।

शिवनगरस्थित नारायणी विद्यामन्दिरबाट उनले एसएलसी उत्तिर्ण गरेका थिए । २०३१ सालदेखि ०३६ सालसम्म उनले चितवनको रामपुर कृषि क्याम्पसबाट कृषिमा बीएस्सीएजी गरेका थिए । ०२९ सालमा उनले शिवनगरमा शिक्षकका रुपमा काम गरे ।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक गुरु खम्बासिंह कुँवर ‘काजी बा’ समेत चौविसकोठीको दिपावली कार्यक्रममा सहभागी भए ।

काजी बाले भने, ‘पहिला प्रधानमन्त्री हुँदा जनताको धेरै माग पूरा गर्न पाउनु भएको थिएन । अब ति सबै अधुरा कामसँगै देशलाई नयाँ क्रान्तितर्फ उन्मुख गरुन् ।’ साथै गरिब निमुखा जनजातिको कल्याण हुने काम गर्न उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?