Comments Add Comment

मड्रिडका नम्बर एक गोलरक्षक नाभास कोष्टारिकाको टिममा परेनन्

Navas

गोलरक्षक केलर नाभास विश्वकप छनौट अन्तर्गत आसन्न हाइटी र पानामाबिरुद्धको खेलका लागि कोष्टारिकाको टिममा पर्न असफल भएका छन् ।

एचसियल इन्ज्यूरीका कारण कोपा अमेरिका गुमाएका २९ बर्षीय रियल मड्रिडका स्टार गोलरक्षक मैदानमा फर्कन संघर्षरत छन् ।

रियलका प्रशिक्षक जिनेदिन जिदानेले आफ्ना नम्बर एक गोलरक्षक चाँडै मैदानमा फर्कने अपेक्षा गरेका छन् । उनको गत जुनमा शल्यक्रिया भएको थियो । रियलका प्रशिक्षकलाई राहत यस मानेमा पनि भइरहेको छ कि आफ्ना स्टार गोलरक्षकलाई कोष्टारिकाले मैदानमा फर्कन दवाव दिइरहेको छैन ।

कोष्टारिकाले अन्तर्राष्ट्रिय फुटबलमा भर्खरै पाइला राखेका हाइटी र पानामासँग खेल्दैछ । यसमानेमा उ त्यति दवावमा त हुनेछैन तर दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनौट हुन उसलाई पक्कै सहज हुनेछैन । त्यसका लागि कोष्टारिकाको पोष्टमा नाभासको उपस्थिति जरुरी छ ।

यसैबीच नाभास चोटमुक्त हुँदै मैदानमा फर्केर आफ्नो खेलमा केन्दि्रत हुनेछन् । उनले ला लिगाको सुरुवाती खेलमा रियल सोसिडाडबिरुद्धको खेल गुमाएका थिए ।

कोष्टारिकाको २४ खेलाडीको टोलीमा दुईजना ला लिगा खेलाडी समावेश छन् । स्पान्योलका ओस्कार डुआर्टे र डेपोर्टिभो ला कोरुनाका सेल्सो बोर्गेसले टिममा स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment