Comments Add Comment

वाग्मतीमा र्‍याफि्टङ यात्रा

bagmati-Jal-yatra

११ भदौ, काठमाडौं । वाग्मती सफाई अभियानको १३३ श्रृंखला अन्तरगत शनिबार र्‍याफि्टङ गरिएको छ । जसमा बिभिन्न देशका राजदूत पनि सहभागी भएका छन् ।

जोरपाटीस्थित हत्यमोचन घाटदेखि गुह्येश्वरी मन्दिर छेउसम्मको जम्मा ३.५ कि.मी. को दुरीमा गरिएको र्‍याफि्टङ कार्यक्रममा २१ वटा बोटमा १७० जनाले जलबिहार गरेका थिए ।

bagmati-Jal-yatra-1

जल बिहार प्रारम्भ हुनुभन्दा पहिले पन्चकन्याबाट १०८ बत्ति प्रज्वलन गरि नदीमा बगाइएको थियो । त्यस अवसरमा नियमित नदी सफाई कार्यक्रम समेत आयोजना गरिएको थियो ।

गुह्येश्वरी स्थितखुल्ला मैदानमा जलयात्राको अन्त्यमा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । र, कुटुम्ब ब्याण्डले आफ्नो प्रस्तुतीहरु समेत प्रदर्शन गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment