Comments Add Comment

लोकगायक खेमराज गुरुङको अन्त्येष्टि आज

Khem-Raj-Gurung
फाइल तस्वीर

१२ भदौ, काठमाडौं ।  लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ ।

अन्तिम श्रद्धान्जलीका लागि गुरुङको शव आइतबार विहान ११ बजेदेखि १ बजेसम्म प्रज्ञा भवन कमलादीमा राखिने भएको छ ।

उपचारको क्रममा गुरुङको बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । परिवारका सदस्य विदेशमा रहेका कारण उनको अन्त्येष्टि गरिएको थिएन ।

कलेजो रोगबाट पीडित गुरुङ जन्डिस भएपछि अस्पताल भर्ना भएका थिए । उनको ‘वारी जमुना, पारी जमुना…’बोलको गीतले चर्चा कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment