Comments Add Comment

सिद्धार्थ इन्स्योरेन्स र हेल्थकन्सर्नबीच सम्झौता

siddhartha-insurense
१२ भदौं, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र हेल्थकन्सर्नसँग सम्झौता गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्सले विगत एक वर्षदेखि मेडि हेल्थ विभागमार्फत नगदरहित स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट कामु महाप्रबन्धक वीरेन्द्र वैदवार क्षेत्री र हेल्थकन्सर्नका संस्थापक प्रमुख कार्यकारी अधिकृत डा. सुवास प्याकुरेलले शुक्रबार हस्ताक्षर गरेका छन ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै सिद्धार्थ इन्स्योरेन्सका कामु महाप्रबन्धक वीरेन्द्र वैदवार क्षेत्रीले स्वास्थ्य क्षेत्रमा विश्वासनीय काम गर्दै आइरहेको हेल्थ कन्सर्नसँगको सहकार्यले स्वास्थ्यको पहुँचमा नआएका आम नेपालीहरुलाई बिमा कार्यक्रमका समेटी उपचारमा सहजीकरण हुने विश्वास व्यक्त गरे ।

नेपालमा स्वास्थ्य बिमाका विषयमा अझै जनचेतनाको अभाव कायम रहेको छ । यस्तो अवस्थामा यो सहकार्यले चेतना फैलाउने कामसँगै बिमामा समेट्दै नेपालीहरुको उपचारमा सहजीकरण गर्ने छ, उनले भने ।

स्वास्थ्य बिमाका क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै कम्पनीले ल्याएका विभिन्न कार्यक्रममार्फत कुनैपनि विरामी उपचारबाट बञ्चित हुन नपरोस भन्ने कम्पनीले विश्वास लिएको छ ।

बिमा प्रबर्द्धनको जिम्मेबारी लिएको हेल्थ कन्सर्नका प्रमुख कार्यकारी अधिकृत डा. सुवास प्याकुरेलले नेपाली जनतामाझ स्वास्थ्य उपचारको पहुँच बढाउन बिमा अपरिहार्य भएकाले आफ्नो ज्ञान र अनुभवलाई पूर्णरुपमा प्रयोगमा ल्याउने बताए । उनले विकसित देशहरुमा झैं नेपालमा पनि स्वास्थ्य बिमा सफल हुनेमा विश्वास व्यक्त गरे ।

विकसित देशहरुमा बिमा बाहेकको उपचार कल्पना समेत गर्न नसक्ने अवस्था आइसकेकाले नेपालले पनि बिमामा सबै नागरिक सहभागी हुनुपर्ने अवस्था आइसकेको बताउँदै सबै सरोकारवाला निकायहरु एकजुट भएर जनताको स्वास्थ्यका लागि काम गर्नुपर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment