+
+

एनएमबि बैंकले एकैदिन पाल्पा, भैरहवा र दमकमा शाखा खोल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १२ गते १८:१५

nmb-new१२ भदौ, काठमाडौं । एनएमबि बैंकले आइतबार पाल्पा, भैरहवा र दमक गरी एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । पाल्पा शाखाको उदघाटन नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले गरे ।

उद्घाटन कार्यक्रममा स्थानिय ग्राहक, उघोगी, व्यापारी, पत्रकार वर्गसाथै बैंकका संचालक कमलेश कुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल समेतको उपस्थित थिए ।

पाल्पा र भैरहवामा एनएमबि बैंकको नँया शाखाको सुरुवात भएकोमा खुशी व्यक्त गर्दै गभर्नर डा. नेपालले बैंकले स्थानीयको सरल बैकिङ्ग पँहुचमासमेत टेवा पुग्नेमा आफु विश्वस्त रहेको जानकारी गराए । गभर्नरको स्थायी घर पनि पाल्पा हो ।

आइतबार खोलिएका ३ नयाँ शाखाहरुसँगै बैंकका कुल ७१ शाखा ५० एटिएम र ७ एक्टेन्सन काउन्टर पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?