+
+

एनएमबि–कपअन यू-१४ फुटबलको क्वाटरफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १७:३७

२५ साउन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा भइरहेको ‘एनएमबि–कपअन अन्तर स्कुल यू-१४ फुटबल प्रतियोगिता’ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

दोस्रो दिन सम्पन्न लिग चरणमा सफलता हासिल गर्दै आ–आफ्ना समूहमा शीर्षस्थानमा रहेर जोसेफ हाईस्कुल, लिभिङ वर्ड, माउन्ट ग्लोरी, मनकामना, ब्रम्हकुञ्ज र वेदव्यास स्कुल क्वाटरफाइनल प्रवेश गरेका हुन् ।

पहिलो दिन नै समूह ‘सी’ बाट चेल्सी र समूह ‘डी’ बाट रिब्स ए टिम (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) ले अन्तिम आठको यात्रा निश्चित गरेका थिए ।

जोसेफले बालविकासलाई ४–३, जुगललाई ३–० र काष्ठमण्डपलाई २–० ले पराजित गर्दै समूह ‘ए’ मा शीर्षस्थान हात पारेर नकआउट चरणको यात्रा तय गरेको हो ।

समूह ‘बी’ को शीर्षस्थानमा रहेको लिभिङ वर्डले लिम्पियालाई २–० र इम्पेरियललाई ३–० ले परािजत ग¥यो भने साम्तेन स्कुलबाट ‘बाई’ पाएको थियो ।

माउन्ट ग्लोरीले एकलव्यलाई ५–०, हाईली क्रिएटिभलाई २–० ले पराजित गरेपछि लर्ड्स लाइटबाट बाई पाएर समूह ‘ई’ मा पहिलो स्थान प्राप्त गरेको हो । त्यस्तै, मनकामना २–० ले बोधीसदन, ६–१ न्याम्सलाई पराजित गरेपछि टाइमलाइन स्कुलबाट बाई पाएर समूह ‘एफ’ को शीर्षस्थानमा रहदै अन्तिम आठलाई छनोट भएको हो ।

ब्रम्हकुञ्जले बृहस्पति विद्यासदनलाई २–१, बालबाटिकालाई ३–० र नेपालयलाई ३–० ले पन्छाउँदै समूह ‘जी’ मा पहिलो स्थान हात पारेको हो ।

तीन टिम रहेको समूह ‘एच’ मा नेभरउड स्कुलमाथि बढी उमेरको खेलाडी खेलाएको उजुरी प्रमाणित भएपछि अयोग्य ठहर्दै प्रतियोगिताबाटै बाहिरियो ।

त्यसपछि भएको प्रतिस्पर्धामा वेदव्यासले रिलयान्सविरुद्ध पेनाल्टी सुटआउटमा ३–२ को जित रच्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । क्वाटरफाइनलमा जेसेफले चेल्सीविरुद्ध खेल्ने छ भने लिभिङ वर्डले रिब्सको सामना गर्ने छ ।

त्यस्तै, माउन्ट ग्लोरीले ब्रम्हकुञ्जविरुद्ध प्रतिस्पर्धा गर्ने छ भने मनकामना स्कुलले वेदव्यासविरुद्ध भिड्ने छ । प्रतियोगिताको समूह चरणमा २९ वटा स्कुलका ३० वटा टिमले विभिन्न आठ समूहमा रहेर प्रतिस्पर्धा गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?