+
+

मुकेश अम्बानीले रिलायन्सको नेतृत्व कसलाई देलान् ?

एजेन्सी एजेन्सी
२०८० भदौ १९ गते १६:०२

रिलान्यस ग्रुपका मुकेश अम्बानीका तीन सन्तानले अब २२० अर्ब डलर बराबरको कम्पनी सम्हाल्ने भएका छन् ।

जुम्ल्याहा इशा र आकाश तथा अर्का छोरा अनन्तले ग्रुप सम्हाल्ने मुकेश अम्बानीले बताएका छन् । दोस्रो पुस्तामा व्यापार हस्तान्तरणबारे अम्बानीले भनेका छन्, ‘अनुभवी नेतृत्व र नयाँ पुस्ताको जोशको संयोजनले रिलायन्सको उपलब्धीको पुस्तिकामा नयाँ अध्याय थप हुनेछ ।’

रिलायन्स ग्रुपको जिम्मा धिरूभाइ अम्बानीको तेस्रो पुस्तामा हस्तान्तरण हुनु भारतीय कर्पोरेट जगतमा प्रत्यासित खबर नै हो । रिलायन्स ग्रुप भारतमा विशाल व्यापार साम्राज्य फैलाएको व्यापारिक घराना हो । तेल, दुरसञ्चार, रसायन, प्रविधि, फेसनदेखि खाद्यान्नसम्म रिलायन्सको लगानी छ ।

रिलायन्स ग्रुपले हात हाल्ने हरेक क्षेत्र भारतमा आकर्षणको केन्द्र बनेको छ । त्यस समूहको नेतृत्वका लागि तयार भएर मुकेश अम्बानीका सन्तानले आफ्नो एक जिम्मेवारी पूरा गरेको चर्चा भइरहेको छ । रिलायन्स ग्रुपले साधारण र स्वास्थ्य बीमामा हात हाल्ने तयारी गरेको छ ।

यस्तै उसले फाइभजी सेवामा पनि हात हाल्ने बताएको छ । यस्तै उसले नवीकरणीय उर्जामा लगानी बढाउँदै चिसो पेय पदार्थ क्याम्पा कोलाको विश्वव्यापीकरणको योजना अघि सारेको छ ।

नयाँ व्यापारको अवधारणा तय गर्दै आफ्ना सन्तानलाई त्यसको नेतृत्व सुम्पिनका लागि अम्बानी परिवारले वर्षौँदेखिनै तयारी गरेको परामर्शदाता सन्दीप नेरेल्कर बताउँछन् । ‘अम्बानीका सन्तान भएकै कारण तीन जना उत्तराधिकारीमा चयन भएका होइनन् । उनीहरुलाई यसका लागि वर्षौँदेखि तयार गरिएको थियो । हरेक सन्तानका लागि उनीहरुको दक्षता र क्षमता चिनेर जिम्मेवारी दिइएको छ’, उनले भने ।

मुकेश अम्बानी कम चर्चामा रहन रूचाउने व्यक्ति भएपनि उनका सन्तानले निकै शानदार जीवनयापन गरे । उनीहरु हबेलीमा हुर्किए भने सेलिब्रेटीसँग निकै निकट भए भने निजी विमानमा उनीहरु सयर गर्छन् ।

आफ्नो बुवा धिरुभाइको व्यापार सम्हाल्नका लागि मुकेशले स्ट्यान्डफोर्डको पढाइ छोडेर फर्किएका थिए । उनका सन्तानले भने यल र ब्राउन विश्वविद्यालय पढेर फर्किएका हुन् । कर्पोरेट कार्यक्रममा उनीहरु सामूहिक रुपमा उपस्थित हुन्छन् । अम्बानीका दुबै छोराले उच्च व्यापारिक घरानाका परिवारसँग वैवाहिक सम्बन्ध गाँसेका छन् ।

अम्बानी परिवार आलिसान जीवनशैलीका कारण धेरैको नजरमा परेका छन् । उनीहरुको वैवाहिक समारोहदेखि सम्पत्तिका कारण धेरैको नजर यस परिवारमा छ । तर आफ्ना सन्तानले अम्बानीले के गर्ने र के नगर्ने भन्ने सीमा राम्रैसँग पढाउँदै व्यवहारमा उतारेको निरेल्कर बताउँछन्। ‘अम्बानीका सन्तान अभिभावकले सिकाएको सीमाको परिधिभित्रै जीवन बाँचिरहेका छन् ।’

यस व्यापारिक घरानाको भारतमा हजारौँ पेट्रोल पम्प छन् । कलेज सकिएसँगै अम्बानीका छोरा आकाश दूरसञ्चार संस्था जियोमा  प्रवेश गरे । यस्तै उनले खेल व्यवसाय अन्तर्गत मुम्बई इन्डियन्स पनि हेरिरहेका छन् । यस्तै मेटासँगको सहकार्यमा सञ्चालन भइरहेको परियोजनामा पनि उनी संलग्न छन् ।

यता इशाले रिलायन्सको इकमर्स सम्हाल्छिन् । यस्तै उनले आलिसान अनुभवका सेवा बिक्री गर्छिन् । यस्तै उनले फेसनमा पनि हात हालेकी छिन् । त्यसको इकमर्स मार्फत अन्तर्राष्ट्रिय आलिसान ब्रान्डसँग उनको सहकार्य छ ।

रिलायन्स ग्रुपको नयाँ पुस्ताको नेतृत्वमा इशा माथिल्लै तहमा छिन् । आफ्नी छोरीबारे मुकेशले भनेका छन्, ‘मेरी छोरी अलि अग्र स्वभावकी पनि छिन् कतिपय अवस्थामा उनले मलाइ आफ्नो व्यापारको क्षेत्रबारे पुर्नविचारका लागि पनि सुझाव दिन्छन् । वातावरण असाध्यै प्रदुषित गराउने भएकाले रिलायन्सले प्लास्टिक उद्योगबाट हात झिक्नुपर्ने उनको मत छ । ‘

इशा आएसँगै रिलायन्सले आफ्नो लगानी रिटेल र फेसनमा व्यापक बढाएको छ ।

मुकेशका कान्छा छोरा अनन्त रिलायन्सको ऊर्जा व्यापारमा छन् । ऊर्जा अन्तर्गत रिलायन्सले नवीकरणीय उर्जा र सोलारको विकासमा ध्यान केन्द्रित गरेको छ । ब्राउन विश्वविद्यालयबाट अध्ययन सकेका अनन्तले रिलायन्स प्रतिष्ठान पनि सम्हालन्छन् । अम्बानी परिवारलाई नजिकबाट नियालिरहेका हिमांशु राई भन्छन्, ‘समूह अन्तर्गतको सबै व्यापारको नेतृत्वका लागि उत्तराधिकारी चयन गरेर मुकेश ठीक गरे । यसले पछि हुनसक्ने विवादलाई टारेको छ ।’

विगतमा आफ्नै दाजुभाइबीचको झगडाबाट पाठ सिक्दै उनले बेलैमा उत्तराधिकारी चयन गरेको निर्लेकर बताउँछन् । ‘कोरानाकालपछि मानिसहरु एउटा विषयमा गम्भीर हुन  थाले । उनीहरुलाई जुनसुकै बेला जस्तोसुकै बिरामी हुनसक्ने अथवा ज्यान जान सक्ने त्रास वा चेतना कोरोना कालामा देखापर्‍यो । त्यसलै मुकेश अम्बानीले आफ्ना सन्तानलाई बेलैमा  उत्तराधिकारीका रुपमा तयार बनाउँदै लगे’, उनले भने ।

रिलायन्सको साम्राज्यमा गौतम अडानीको चुनौती थपिएको समयमा रिलायन्समा नयाँ नेतृत्व ल्याइएको छ । नवीकरणीय उर्जाको क्षेत्रमा अडानी र अम्बानीका व्यवसायिक टक्कर निकै रोचक छ । उत्तराधिकारी घोषणा गरेका मुकेशले आगामी पाँच वर्षसम्म रिलायन्सको अध्यक्ष र प्रबन्ध निर्देशक आफैँ  रहने घोषणा गरेका छन् । यो निर्णयका पछि एउटा कारण छ । उनी आफ्ना सन्तानले सामूहिक निर्णयबाट कम्पनीको छविलाई अझै वृहत बनाउन चाहन्छन् ।

अम्बानीसँगै असाध्यै राम्रा र अनुभवी कर्मचारी छन् । ती कर्मचारीले भविष्यमा आउने संकट र संभावना दुबैबारे मुकेशका सन्ततिलाई जानकारी दिँदै योजना बनाउन सहयोग समेत गर्नेछन् । तर तत्कालका लागि आफूलाई दिएको जिम्मेवारी तीन सन्तानले कसरी सम्हाल्छन् भन्ने कुरानै अम्बानीका लागि चासो र चिन्ताको विषय छ ।

‘मुकेशको शेखपछि कसैले न कसैले रिलायन्स हाँक्नैपर्छ । त्यही योजना अन्तर्गत सही नेतृत्व पहिचानका लागि मुकेश लागिपरेका छन् । तत्कालै समूहकै नेतृत्व घोषणा गर्नका लागि उनी हतारोमा छैनन्’, निर्लेकर भन्छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?