+
+

एनएमबि–कपअन यू–१४ फुटबल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १८:१८

२४ साउन, काठमाडौं । एनएमबि–कपअन अन्तर स्कुल यू–१४ फुटबल प्रतियोगिता बूढानीलकण्ठ नगरपालिका १० स्थित कपन स्पोर्ट्स सेन्टर, कपनमा सुरु भएको छ ।

पहिलो दिन शतप्रतिशत जित हािसल गर्दै चेल्सी र रिब्स ए (रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुल) क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘सी’ मा रहेको चेल्सीले चाँदबागलाई ५–०, दोस्रो खेलमा रिब्स (बी) लाई ५–० र अन्तिम खेलमा त्रिज्योतीलाई १–० ले हराएर नौ अंक जोड्दै शीर्ष स्थानमा कब्जा गरेर अन्तिम आठमा स्थान पक्का गरेको हो ।

त्रिज्योतीले ६ अंक र रिब्सले ३ अंक जोडे भने चाँदबाग अंकबिहीन रह्यो ।

रिब्स (ए टिम) ले ग्यालेक्सीलाई ५–० र फेरिल्यान्डलाई ४–१ ले पराजित गर्दै तीन टिम रहेको समूह ‘डी’ मा शीर्षस्थान कब्जा गरी क्वार्टरफाइनल यात्रा तय गरेको हो ।

ग्यालेक्सीले फेरिल्यान्डलाई २–१ ले पन्छाउँदै समूहमा दोस्रो स्थानमा हासिल गर्‍यो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा २९ स्कुलका ३० टिम सहभागी छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?