+

क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन हुनेछ : सांसद झा

२०८२ वैशाख  २५ गते १३:११ २०८२ वैशाख २५ गते १३:११

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माण कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन हुनेछ : सांसद झा

२५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर समेत सम्पन्न भइसकेको बताए । डीपीआर बनिसकेको परियोजना अगाडी बढाउन ढिलाइ भइरहेको भन्दै उनले निर्माण कार्यमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा रंगशालाको डीपीआर तयार गरी साढे २ अर्बको लागतमा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना अघि बढेको उनले बताए ।

खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले प्रलोभनका कारण भाडा दर बढाएर ४९ लाख ६० हजार बनाइएको भन्दै उनले आपत्ति जनाए ।

क्रिकेट रंगशाला जनकपुरका युवाहरूको परिकल्पना भएको भन्दै उनले कुनै व्यवधान भए आन्दोलनको सामना गर्नु पर्ने उनको भनाइ थियो ।

जनकपुरमा क्रिकेट रंगशाला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय