+

जुनियर प्रतियोगिता जेठमा

२०८२ वैशाख  २५ गते ९:५८ २०८२ वैशाख २५ गते ९:५८
जुनियर प्रतियोगिता जेठमा

२५ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले यू–१४ विद्यालय खेलकुद आगामी जेठ २१ गते देखि काठमाडौंमा सञ्चालन गर्ने भएको छ ।

प्रतियोगिताको संयोजक राखेप कार्यकारी समिति सदस्य रन्जना श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालको बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको हो ।

एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल रग्वी जुडो र छात्र क्रिकेटका प्रतिष्पर्दा हुने प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिएका छन् ।

विद्यालय खेलकुद महासंघ, प्याव्सन, एन प्याब्सन, नेपाल शिक्षक महासंघ तथा खेल संघहरुका प्रतिनिधि सभागी बैठकले जेठ १२ गते भित्र जिल्ला र १७ गते भित्र प्रदेश छनौट गरि सक्ने निर्णय गरेको छ ।

प्रत्येक प्रदेशबाट ६ खेलका ६८ जनाका दरले जम्मा ४७६ जना खेलाडीले प्रतियोगितामा भाग लिने संयोजक श्रेष्ठले जानकारी दिइन् । यस्तै प्रतियोगिताको उद्घाटन २१ गते हुने भए पनि क्रिकेट खेल जेठ २० गते नै सुरु हुने भएको छ ।

प्रतियोगिताको संयोजन नेपाल विद्यालय खेलकुद महासंले गर्ने संघका महासचिव राजकुमार कार्कीले जानकारी दिए ।

बैठकले जिल्ला तथा प्रदेश छनौटका लागि समिति गठन सहित कार्य विवरण समेत निर्धारण गरेको प्रतियोगिता विभाग मीनकुमार शर्माले बताएका छन ।

यू–१४ विद्यालय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय