+

आईपीएल भविष्यबारे धोनी : अहिले सोचिसकेको छैन

२०८२ वैशाख  २५ गते १३:३६ २०८२ वैशाख २५ गते १३:३६
आईपीएल भविष्यबारे धोनी : अहिले सोचिसकेको छैन

२५ वैशाख, काठमाडौं । भारतका सफल क्रिकेटर तथा आईपीएल टिम चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनी आउँदो जुलाईमा ४४ वर्षका हुँदैछन् ।

उनीसँग क्रिकेट खेल्ने धेरै समय बाँकी छैन भन्ने विषयमा उनी जानकार छन् तर उनले आईपीएल २०२५ नै आफ्नो अन्तिम सिजन हुने/नहुनेबारे भने अझेपनि कुनै निर्णय लिएका छैनन्।

‘म वर्षको केवल दुई महिना मात्र क्रिकेट खेल्छु। अब यो आईपीएल सकिएपछि, फेरि ६ देखि ८ महिना मिहिनेत गर्नुपर्छ हेर्नको लागि कि मेरो शरीरले यति दबाब झेल्न सक्छ कि सक्दैन’ धोनीले बुधबार कोलकाता नाइट राइडर्सविरुद्धको रोचक जितपछि भने, ‘अहिलेका लागि निर्णय गर्नुपर्ने केही छैन, तर जहाँ पनि गएको छु, म माया र समर्थन महसुस गर्छु।’

धोनी अहिले पूरै क्षमतामा छैनन्। चेन्नईका मुख्य प्रशिक्षक स्टेफन फ्लेमिङले पनि बताएअनुसार उनको घुँडाले लामो समय ब्याटिङ गर्न दिँदैन। बुधबारको खेलमा धोनी १३औं ओभरमा ब्याटिङ गर्न आएका थिए । अन्तिम ओभरमा टिमलाई ८ रन चाहिँदा उनले आन्द्रे रसेललाई छक्का प्रहार गरेर टोलीलाई जित दिलाएका थिए ।

यो जितमा युवा खेलाडीहरूको योगदान महत्वपूर्ण रहेको थियो । आईपीएल डेब्यू गरेका उर्विल पटेलले ११ बलमा ३१ रन बनाए जसमा ४ छक्का समावेश थियो। उनले पहिलो बलमै छक्का हानेका थिए।

त्यसपछि दक्षिण अफ्रिकी युवा ब्याटर डेवाल्ड ब्रेभिसले २२ बलमा अर्धशतक बनाए जसमा वैभव अरोराको एकै ओभरमा ६, ४, ४, ६, ६, ४ को लहर लगाएका थिए । त्यही ओभरले खेल चेन्नईको पक्षमा फिर्ता ल्याएको थियो ।

धोनीले भने, ‘यी नै हाम्रा खेलाडीहरू हुन्, त्यसैले हामीसँग अबको खेलहरूमा उनीहरूलाई टेस्ट गर्ने राम्रो मौका छ। अभ्यास वा नेट्समा हेर्नु र वास्तविक खेलमा हेर्नु फरक कुरा हो।’

‘हामी प्रतियोगिताबाट बाहिर भइसकेका छौं। बाँकी रहेका ३ खेलहरूमा हामीले युवाहरूलाई मौका दिन खोजेका हौं’ उनले थपे, ‘यहाँ टेक्निकल कुरा मात्रै होइन, मेन्टालिटी पनि हेर्न चाहेको हो। मैदानको स्थिति बुझ्न सक्ने र योजना अनुसार खेल्ने खेलाडी नै सफल हुन्छ।’

चेन्नईले १२ खेलमा २ जित मात्र निकालेको छ र यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

एमएस धोनी चेन्नई सुपर किंग्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय