+

मोटोपनको कारण कसरी लाग्छ मुटुरोग ?

२०८० भदौ  १९ गते १२:४१ २०८० भदौ १९ गते १२:४१
Shares
मोटोपनको कारण कसरी लाग्छ मुटुरोग ?

मोटोपन र मुटुरोगबीच कुनै सम्बन्ध छ ? धेरैले हामीसँग सोधिरहेका हुन्छन् । जति जति मान्छेको मोटोपन बढ्दै जान्छ, मुटुरोगको जोखिम पनि बढ्न सक्छ । मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप हुनुमा पनि एउटा कारण हो, मोटोपन ।

मोटोपन भएको व्यक्तिमा ‘ट्राइग्लिसराइड्स’ भन्ने एक प्रकारको बोसोको मात्रा धेरै हुन्छ र नराम्रो कोलेस्ट्रोलको मात्रा पनि बढी हुन्छ । यी सबै कुराले गर्दा मुटुको रक्तनली र दिमागमा जाने रक्तनलीहरुमा लामो समय बोसो जमेर मुटुको नसाहरू बन्द हुने मस्तिष्कमा जाने नसाहरू बन्द हुने सम्भावना बढ्छ । साथै  शरीरको रक्तनलीहरु बन्द हुने सम्भावना बढ्छ । यही कारणले हृदयघात र मस्तिष्कघात जस्तो गम्भीर समस्या देखा पर्न थाल्छ ।

मोटोपनले मुटुमा समस्या भएको कसरी थाहा हुन्छ ?

मोटोपन तथा अन्य विभिन्न कारणले मुटु रोगमा सबैभन्दा बढी मात्रामा देखा पर्ने समस्या भनेको मुटुको धमनी ब्लक हुने हो । यो समस्यामा शरीरमा कोलेस्ट्रोल मात्रा बढेर रगतको नसामा जम्मा हुन्छ र नसा साँघुरो बनाइदिन्छ । यसले मुटुलाई पम्प गर्न गाह्रो हुन्छ ।

यस्तो समस्या भएमा छाती तथा काँधमा पीडा हुने गर्छ । र, यो दुखाइ क्रमशः हाततर्फ सर्दै जान्छ । अलिकति हिँड्दा पनि स्वाँस्वाँ हुने, सास फेर्न गाह्रो हुने हुन्छ । बस्दा दुखाइ कम हुने र हिंड्दा व्यायाम गर्दा दुखाइ बढ्ने हुन्छ ।

कुनै व्यक्तिलाई मुटु सम्बन्धी समस्या भएमा शारीरिक  परिश्रम नगर्दा पनि  पसिना निस्कने गर्छ । खुट्टा तथा पैताला सुन्निनु भनेकै मुटुमा रगतको सञ्चार सही तरीकाले नहुनु हो । मुटुमा रक्तसञ्चार सही तरीकाले नहुनु भनेको मुटु रोगको संकेत हो ।

मुटुको धड्कन गडबडी हुने समस्या भएको छ भने चक्कर आउने तथा टाउको घुम्ने, बेहोस हुने जस्ता लक्षणहरू देखा पर्छन् । मुटुको ढुकढुकी अस्वभाविक रुपमा बढ्नुले पनि मुटुरोगको संकेत गर्छ ।

मोटोपन नियन्त्रण गर्दा मुटुरोगको जोखिम कम हुन्छ ?

मोटोपन मुटु रोगको एउटा मुख्य कारण हो । त्यसैले मोटोपनलाई नियन्त्रण गर्न सकियो भने मुटु रोगको जोखिमबाट बच्न सकिन्छ । त्यसैले मोटोपन त नियन्त्रण गर्नुपर्छ । साथै मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल पनि मुटु रोग निम्त्याउने भएकाले त्यसलाई नियन्त्रणमा राख्नुपर्छ ।

मुटुरोगको जोखिमबाट बच्न मोटोपन नियन्त्रणसँगै जीवनशैली परिवर्तन र खानपान परिवर्तन गर्नुपर्छ । दैनिक व्यायाम गर्ने, तनाव कम गर्ने गर्नुपर्छ । मुटुरोग निम्त्याउन सक्ने सबै कारक तत्त्वलाई नियन्त्रण गरियो भने मुटुरोगको जोखिमबाट बच्न सकिन्छ ।

डा. कुञ्जाङ शेर्पा
डा.कुञ्जाङ शेर्पा
लेखक
डा.कुञ्जाङ शेर्पा
मुटुरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७९२१ एमबीबीएस, एमडी (इन्टरनल मेडिसन), डीएम (कार्डियोलोजी) हाल वीर अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा