Comments Add Comment

स्काउट महिला बिभागको महादेशीय सम्मेलन काठमाडौंमा सुरु

Scout-logo

१३ भदौ, काठमाडौं । विश्व स्काउट संगठनको महिला विभागको १२ औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौमा सुरु भएको छ ।

नेपाल स्काउटको आयोजनामा विश्व स्काउट संगठनको महिला विभागको १२ औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सोमबारदेखि काठमाडौमा सुरु भएको हो ।

विश्व स्काउट संगठनको स्थापना भएको ३३ वर्षपछि नेपालमा पहिलोपटक भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २६ देश र अमेरिकाका २ सय ५० जना स्काउट प्रतिनिधिको सहभागिता छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्काउटका गतिविधिमा महिलाहरुको सहभागीता बढाउन नेपाल स्काउटसँग आग्रह गरिन् ।

कार्यक्रममा युवा तथा खेलकुद्मन्त्री दलजित श्रीपाइलीले स्काउट प्रबर्द्धनका लागि सरकारले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्काउटको पोशाक दिने तयारी गरिरहेको बताए । उनले सात वटा प्रदेशका १ सय ६५ वटा सामुदायिक विद्यालयमा ६४ जना विद्यार्थीका दरले पोशाक वितरण गरिने जानकारी दिए ।

पाँच दिने सम्मेलनले विश्व महिला स्काउट संगठनको शैक्षिक अभियान र महिला सशक्तिकरण सम्बन्धी नीतिहरु तय गरी कार्यान्वयनको खाका बनाउने नेपाल स्काउटले जनाएको छ । सम्मेलन भदौ १७ गते सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment