Comments Add Comment

नारायणी नदी किनारमा दुई शव भेटिए

१३ भदौ, चितवन। पश्चिम चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनारमा  दुई शव भेटिएको छ ।

man-found-dead-at-late-congress-ministerजिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अन्दाजी ३०/३५ वर्षका तराई मुलका जस्ता देखिने उक्त शवको सनाखत हुन सकेको छैन । कपडामा रगत लागेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले ती शव यही शुक्रबार त्रिशूली नदीमा दुर्घटनाग्रस्त बसका यात्रुको हुनुसक्ने बताए ।

इप्रका दिव्यनगरका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ती शव नारायणी नदीको दुईवटा भङ्गालोमा भेटिएका हुन् । शवमा किरा लाग्न थालेको छ । उक्त शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

यसैबीच, हिजो नवलपरासीको त्रिवेणी ब्यारेजमा अर्को एक शव पनि फेला परेको छ । उक्त शव पनि सोही दुर्घटनामा परी बेपत्ता भएका व्यक्तिको हो,होइन भन्ने यकिन नभएको प्रहरी उपरीक्षक कुँवरले बताए ।

रौतहटबाट पोखरा जाँदै गरेको रात्रि बस यही शुक्रबार नारायगढ–मुग्लिङ सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा २२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका थिए ।

सोही दुर्घटनामा परी आफन्त हराएको भन्दै १३ जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment