Comments Add Comment

विदेशमा सिकेको ज्ञान सीप स्वदेशमा प्रयोग गरौंः रेग्मी

khilraj regmi_usaअमेरिका । मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले विदेशमा सिकेको ज्ञान सीप र अनुभव आफ्नै मातृभूमिमा प्रयोग गर्न आग्रह गरेका छन् ।

नेपालमा विगतको जस्तो द्वन्द्व, अशान्ति, अनिश्चितता र राजनीतिक अविश्वास नरहेको र संविधान जारी भएसँगै देशमा थुप्रै अवसरको ढोका खुलेको भन्दै रेग्मीले देशका बारेमा सोच्न प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका हुन् ।

अमेरिकाको भर्जिनियामा रहेका विभिन्न नेपाली संघ संस्थाको अभिनन्दन ग्रहण गर्दै रेग्मीले विदेशमा रहेर पनि आˆनो संस्कार, सँस्कृतिलाई जगेर्ना गरेको भन्दै नेपालीको प्रशंसा गरेका छन् ।
रेग्मीले नेपाली कला, सँस्कृति, पहिचान तथा अस्तित्वलाई कायम राख्न नेपालीहरु विश्वमा जहाँसुकै रहेपनि राष्ट्रिय भावनका साथ अघि बढ्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

रेग्मी नेतृत्वको सरकारले सम्पन्न गरेको निर्वाचनबाट संविधानसभाको गठन भई संविधान जारी हुन सकेका कारण देशमा विधिको शासन, राजनीतिक स्थायित्व र आर्थिक तथा सामाजिक विकासका बाटो खोलेको भन्द आयोजकले रेग्मीप्रति श्रद्धा र सम्मान व्यक्त गरेका थिए ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका, सोसाइटी अफ नेप्लिज नर्सेज अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गन डिसी मेट्रो कमिटी अमेरिका र अमेरिका-नेपाल टेलिभिजनको संयुक्त आयोजनामा आयोजित तीज महोत्सव २०१६ मा रेग्मीलाई अभिनन्दन गरिएका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment