Comments Add Comment

काठमाडौंका सडक हेर्दा लाज लाग्छः ज्ञवाली

Yubaraj-Gyawali१४ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद युवराज ज्ञवालीले काठमाडौंका सडकको अव्यवस्था लाजमर्दो भएको बताएका छन् ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा एमाले सांसद ज्ञवालीले राजधानीको सडकको दुरावस्थाले देशमा कति विकास भएको छ भनेर देखाउने बताए । ‘सडक यति अव्यवस्था छ कि हामीलाई लाज लाग्नु पर्ने हो’ उनले भने ।

वर्षा लागेपछि सडक बनाउन थाल्ने र छ महिना पनि नटिक्ने गरेको भन्दै उनले यसमा अनियमितता गर्नेलाई अख्तियारले पनि कसैलाई पक्राउ गरेको नसुनेको बताए ।

उनले काठमाडौंका सडकहरु कहिलेसम्म बनिसक्छ जवाफ दिन ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment