Comments Add Comment

एक्लै हिँडेको केटी देख्यो कि ढुंगा हान्ने भारतीय युवक, जसले सुम्नीको ज्यान लिए

१७ भदौ, काठमाडौं ।  जेठ २५ गते पोखराको मिलनपथ स्थित चौरमा टाउकोमा गम्भिर चोट लागेको अवस्थामा एक युवती भेटिइन् । उनी गोरखाको सिर्दीवास गाविस-३ घर भई हाल कास्कीको पोखरा उपमहानगरपालिका-८ मिलनपथ बस्ने २१ वर्षीया सुम्नी भन्ने स्मृति गुरुङ थिइन् ।

Throw Stoneउनको उपचारका क्रममा भोलिपल्ट मणिपाल शिक्षण अस्पतालमा निधन भयो । घटनाबारे कास्की प्रहरीले अनुसन्धान थाल्यो ।

अनुसन्धानका क्रममा भारत मध्यप्रदेश शिवपुरी जिल्ला महल कोलोनी घर भई हाल पोखरा- ६ डिहिको पाटन बस्ने ३१ वर्षका अखिलेष झा पक्राउ परे ।

अनुसन्धानका क्रममा उनले नै स्मृति गुरुङलाई ढुंगा प्रहार गरेको खुलेको छ ।  प्रारभ्मिक सोधपुछको क्रममा झाले रातको समयमा मोटसाइकलमा घुम्न जाने र एकान्त स्थानमा एक्लै हिँडिरहेकी महिला वा युवतीलाई ढुंगाले प्रहार गर्ने गरेको बयान दिएका छन् ।

उनले अहिलेसम्म पोखराका मिलनपथ, प्रदर्शनी केन्द्र, नयाँबजार, बगालेटोल, शिवालय चोक, बिरौटा , लगायतका बिभिन्न ७ ठाउँमा यस्तै घटना गराएको स्विकार गरेका छन् । तर, उनले ढुंगा प्रहार गर्नुको कारण भने खुलाएका छैनन् ।

प्रहरीका अनुसार झाको ढुंगा प्रहारबाट स्मृति गुरुङको मृत्यु भएको छ भने अन्य घाइते मात्र भएका थिए । प्रहरीले अखिलेषले चढ्ने ग ६ प ५२१० नम्बरको मोटसाइकल पनि बरामद गरेको छ ।

कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment