Comments Add Comment

वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई झापाली समाज युएईले सहायता गर्ने

bridrashram ma bridhha haruवैदेशिक रोजगारीको क्रमा युएईमा रहेका झापालीहरुले झापाका ३ वटा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई  दसैंको महाअष्ठमीको अवसरमा नयाँ लुगा तथा मिष्ठान्न भोजन प्रदान गर्ने भएका छन् ।

एकता, सहयोग र सहकार्यको लागि युएईमा क्रियाशील झापाली समाज, युएईका सबै क्षेत्रीय समितिहरुको अग्रसरतामा यो कार्यक्रम हुन लागेको झापाली समाज, रास अल खेमा क्षेत्रीय कमिटीका अध्यक्ष खगेन्द्र बुढाथाकीले जानकारी दिएका छन् ।

जेष्ठ नागरिक मञ्च झापाका सदस्य गोपाल काफ्ले र झापाली समाज यु.ए.ई.का आजीवन सदस्य अग्नि दाहालले झापाका तीन वटा वृद्धाश्रममा गएर त्यहाँका वृद्धवृद्धाहरुको अवस्था यु.ए.ई.मा रहेको झापाली समाजका पदाधिकारीलाई अवगत गराएपछि यो कार्यक्रम गर्न लागिएको हो ।

परोपकार तथा अनुसन्धान केन्द्र विर्तामोडद्वारा सञ्चालित वृद्धाश्रममा रहेका १९ जना,  श्री कृष्ण प्रणामी सत्संघ सेवा परिषद्द्वारा कन्काई नगरपालिका-४ मा रहेको वृद्धाश्रममा रहेका १४ जना वृद्धवृद्धा र शिवसताक्षी-९ मा रहेको लक्ष्मीनारायण माई वृद्धाश्रममा रहेका ३७  जना वृद्धवृद्धाहरुलाई सम्बन्धित स्थानमै समाजका पदाधिकारीहरु पुगेर लत्ताकपडा तथा भोजन गराउने कार्यक्रम रहेको यस कार्यक्रममा परिकल्पनाकार तथा झापाली समाज युएई राक क्षेत्रीय कमिटीका सचिव सुनील चौहानले बताए ।

आफ्नो नियमित बिदालाई दसैंको सम्मुख पारेर उक्त कार्यक्रममा झापाली समाज, युएई का महासचिव टेकनाथ अधिकारी, कोषाध्यक्ष दुर्गेश सापकोटा, प्रवक्ता आरपी सहयात्री, राक क्षेत्रीय अध्यक्ष खगेन्द्र बुढाथोकी, सचिव सुनील चौहान, अबुधाबी क्षेत्रीय अध्यक्ष हिमाल अधिकारी, दुबई क्षेत्रीय सदस्य उर्मिला बस्नेत लगायत करिब १ दर्जनभन्दा बढी पदाधिकारी उक्त कार्यक्रममा प्रत्यक्ष भाग लिन नेपाल आउने भएका छन् ।

यसभन्दा अघि उक्त कार्यक्रमको प्रारम्भिक स्थलगत रिपोर्ट तयार पारेर सारजहा क्षेत्रीय सदस्य अग्नि दाहाल युएई फिर्ता भइसकेका छन् ।

सहयोग गर्नेको ताँती युएईदेखि नेपालसम्मै

झापाली समाज यु.ए.ई.को यस मानवीय सहयोग अभियानलाई मन पराएर आर्थिक सहयोग गर्नेहरुको ताँती लागेको छ । समाजका सबै क्षेत्रीय समितिका पदाधिकारीहरुले व्यक्तिगत रुपमा करिब ७ सय ५० रुपैयाँका दरले आर्थिक सहयोग गरिरहेको झापाली समाज, दुबई क्षेत्रीय समितिका अध्यक्ष दिपक बस्नेतले बताएका छन् ।

झापाली समाजको दुबई क्षेत्रीय समितिका सचिव प्रेम अधिकारीले यस अभियानमा युएईबाटै ५ हजार १ रुपैयाँको आर्थिक सहयोग गर्ने बताएका छन् ।

झापाली समाज यु.ए.ई.का महासचिव टेकनाथ अधिकारी जानकारी गराए अनुसार  शिवसताक्षी-१ निवासी आफ्ना मातापिता विष्णुमाया र वासुदेव अधिकारीले उक्त अभियानका लागि ९ हजार ९ सय ९९ रुपैयाँ सहयोग गर्ने भएका छन् ।

समाजका केन्द्रीय सदस्य किशोर केसीका ज्यामिरगढी-३ निवासी मातापिता रेणुका र डम्बरबहादुर केसीले उक्त कार्यका लागि नेपालबाटै ५ हजार १ रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् ।

त्यसरी नै नेपाल पत्रकार महासंघ यु.ए.ई. शाखाका कोषाध्यक्ष तथा झापाली समाजका आजीवन सदस्य मेघराज सापकोटाले बुधबारे-३, होक्से निवासी आफ्ना मातापिता पदमकुमारी र पे्रमप्रसाद सापकोटाको उपस्थितिमा ५ हजार १ रुपैयाँ आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् ।

झापाली समाज अलऐन क्षेत्रीय सदस्य डिल्ली हुमागाईंले बुधबारे-७ निवासी आफ्ना मातापिता राधिका र गणेशप्रसाद हुमागाईंको सहभागितामा यस पुण्यकाममा ५ हजार १ रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको क्षेत्रीय संयोजक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment