Comments Add Comment

सरोज र नीतालाई लिएर ‘पञ्चायत’को छायांकन सुरु

panchayat chayankan suru
५० बर्ष पुरानो कथामा नयाँ नेपाली चलचित्र ‘पञ्चायत’को शुभ मुहुर्त गरिएको छ । शनिबार पश्चिम नेपालको बाग्लुङ पुगेर चलचित्रको युनिटले शुभमुहुर्त गरेको हो । बाग्लुङ कालिका मन्दिरमा जिल्लाका एसएसपी छविलाल जोशीले क्ल्याप हानेर र नायक गणेश गिरीले नरिवल फोडेर चलचित्र छायांकनको सुरुवात गरेका हुन् ।

बाग्लुङको पहाडी भेग बलेवाबाट चलचित्रको छयांकन थालिएको हो । ग्रामिण कथा र पुरानो संस्कृती झल्काउन लोकेशन चलचित्रका लागि आवश्यक भएकाले पहाडी क्षेत्रलाई रोजिएको निर्माणपक्षको भनाई छ । चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गर्दैछन ।

मुहुर्त समारोहमा उनले मुखिया प्रथाको कथालाई जिवन्त बनाउने प्रयास चलचित्रमार्फत गर्ने जानकारी दिए । चलचित्रलाई  सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गर्न लागेका हुन । मेनुका ढुङ्गाना सह–निर्माता रहेको चलचित्रमा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

चलचित्रमा सरोज खनाल, निता ढुङ्गाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, बिशाल पहारी, किरण थापा, अश्विनी कोइराला, मुना वन लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

टंक बुढाथोकीको संगीत रहेको चलचित्रमा रामेश्वर कार्की को छायांकन, रामजी लामिछानेको नृत्य रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment