Comments Add Comment

मेस्सी विनै बार्सिलोनाको शानदार जित, गिजोनको पोष्ट पाँच गोल

barcelona

८ असोज, काठमाडौं । लिओनल मेस्सी विनाको बार्सिलोनाले अन्तिम ९ मिनेटमा तीन गोल गर्दै स्पोर्टिङ गिजोनमाथि सहज जित हात पारेको छ ।

शनिबार भएको खेलमा बार्सिलोनाले नेयमारको दुई गोलका मदतमा १० खेलाडीमा सिमित स्पोर्टिङ गिजोनमाथि ५–० को जित हात पारेको हो ।

गिजोनको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २९ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै राफिन्हाले गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ७४ औं मिनेटमा गिजोनका लोराले दोहोरो पहेँलोसँगै रातो कार्ड पाए र घरेलु टोली १० खेलाडीमा सिमित भयो ।

बार्सिलोनाले यसको फाइदा उठायो । ८१ औं मिनेटमा नेयमारले गोल गरे भने ८५ औं मिनेटमा टुरानले खाता खोले । ८८ औं मिनेटमा नेयमारले दोस्रो गोल गरेपछि बार्सिलोना ५–० ले विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment