Comments Add Comment

रियल मड्रिड फेरि बराबरीमा रोकियो, मैदानबाट निकाल्दा रोनाल्डो रिसाए

Christiano-Ronaldo

काठमाडौैं । ला पाल्मासका सब्सिच्युड खेलाडी सेर्गियो अराउजोले अन्तिम समयमा बराबरी गोल फर्काएपछि स्पेनिस ला लिगामा उपाधिको दावेदार रियल मड्रिडले लगातार दोस्रो बराबरी खेलेको छ ।

पाहुना टोली रियलले मार्को एसेन्सियोले हेड गोलमार्फत टोलीलाई अग्रता दिलाएका थिए । नाचोको प्रहार ला पाल्मासका गोलरक्षक जाभी भारासले पञ्च गरेपछि आएको उबाउण्ड बलमा मार्कोले गोल गरेका थिए ।

तर रियलको अग्रता पाँच मिनेटपनि टिक्न सकेन । ३८औं मिनेटमा मिडफिल्डर टानाले पाल्मासका लागि बराबरी गोल गरे ।

गोल स्कोरर मार्कोलाई ६४औं मिनेटमा सब्सिच्युड गरी मैदान छिरेका करिम बेञ्जिमाले तीन मिनेटपछि रियललाई पुनः अग्रता दिलाएका थिए ।

हिजोको खेलमा जित हासिल गर्न सकेको भए रियलले शीर्ष स्थानमा तीन अंकको अग्रता लिन सक्थ्यो । तर लगातार दोस्रो खेलमा बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा बार्सिलोनासँग मात्र १ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाले हिजै भएको खेलमा १० खेलाडीमा खेल सकाएको स्पोर्टिङ गिजोनलाई ५-० ले हराउँदै अस्थाइ रुपमा लिगको शीर्ष स्थानमा उक्लिएको थियो ।

रियलले क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल र अल्भारो मोराटालाई अग्रपंक्तिको जिम्मेबारी सुम्पेको थियो । त्यस्तै चोटग्रस्त मार्सेकोलो स्थानमा नाचोले लेफ्ट ब्याकबाट खेलेका थिए ।

Christiano-Ronaldo-1

रियलले बेलबाहेक रोनाल्डो र मोराटालाई सब्सिच्युड गरेको थियो । प्रशिक्षक जिनेदिने जिदानको ‘स्वाड रोटेट’को रणनीति ला लिगामा लगातार दोस्रो खेलमा असफल देखियो ।

रियलले सुपरस्टार रोनाल्डोलाई ७२औं मिनेटमा सब्सिच्युड गरेको थियो । टिमले अग्रता लिइरहेको अवस्थामा सब्सिच्युड गरेपनि रोनाल्डो मैदानबाट बाहिरिँदै गर्नै निक्कै निराश देखिएका थिए साथै सब्सिच्युड हुनुपरेकोमा उनी आश्चर्यचकित देखिन्थे ।

मैदानबाट निस्कँदैगर्दा प्रशिक्षक जिदानेलेले हात मलाउन लाग्दा रोनाल्डोले उनको मुखमा नहेरी हात मिलाएर प्लेयरबक्सतर्फ लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment