Comments Add Comment

‘हायर एण्ड फायर’विरुद्ध विप्लव माओवादीका मजदूरले आन्दोलन गर्ने

१२ असोज, काठमाडौं । विप्लव माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले सरकारले सदनमा पेश गरेको प्रस्तावित ‘नो वर्क नो पे र हायर एण्ड फायर’ श्रम ऐनविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

Amar-Jhankri
अमर झाँक्री

बुधबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा महासंघका संयोजक अमर झाँक्रीले सरकारले सदन पेश गरेको प्रस्तावित श्रम ऐन मजदूर हित विपरित भएको बताए । झाँक्रीले भने, ‘सरकारले एकतर्फी रुपमा ल्याउन खोजेको यो नीतिले मजदूरको हित गर्दैन । त्यसैले लागु हुन नदिने गरी संघर्षको तयारी गरेका छौं ।’

उनले नेपाली मजदूरहरुमा देखापरेको अर्थवादविरुद्ध संघर्ष गर्नुपर्ने बताए । उनले करार, ज्यालादारी तथा ठेकेदारी प्रथाको अन्त्य गरी सम्पूर्ण कामदार कर्मचारीलाई सम्मानजनक ज्याला लागु गर्नेपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा गोकुल दाहालले नेपाली मजदूरलाई फुटाउने र राज गर्ने सरकारको नीति रहेको भन्दै त्यसको लागि मजदूरहरुबीच धु्रबीकरणको आवश्यकता रहेको बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य होम सुवेदीले अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको पूर्ण बैठकले संगठन सुदृढीकरण, ध्रुवीकरणका लागि चारमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment