Comments Add Comment

कसैले भन्दैमा संविधान संशोधन हुँदैनः खनाल

Jhalanath-Khanal

१४ असोज, विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले यथास्थितिमा एमालेले संविधान संशोधन गर्न नदिने बताएका छन् । कार्यान्वयन नगर्दै संशोधान गर्दा संविधान प्रतिगामी हुने उनको तर्क छ ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले सरकारमाथि वाह्य पक्षको दबावमा संविधान संशोधन गर्न लागेको आरोप लगाएका छन् । उनले भने, अहिले संविधान संशोधान होइन, कार्यान्वयनको पक्षमा जानुपर्छ ।

तराई मधेसका जनता संविधान संशोधान चाहन्छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा पूर्व प्रधानमन्त्री खनानलले एकाध केही मधेसीहरु असतुष्ट हुनु स्वभाविक भएको बताए । संविधान निर्माण सवैको पक्षको सहमतिमा हुन नसक्ने भन्दै उनले मधेसका वहुसंख्यक जनताले संविधान स्वीकार गरेको दाबी गरे ।

उनले भने, हिमाल, पहाड, तराईलाई समेटर संविधान जारी भएको छ । कसैले भन्दैमा वा चाहँदैमा संशोधन हुने छैन ।

उनले संविधान संशोधानका विषयमा प्रमुख प्रतिपक्ष एमालेसँग सरकारले कुनै छलफल नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment