Comments Add Comment

बालिका यौन दुर्व्यवहारको आरोपमा क्यान्टिन मालिक पक्राउ

Rape

१६ असोज, बुटवल । बुटवलको एक सरकारी बिद्यालयका क्यान्टिन सञ्चालक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

बुटवल १३ देबीनगरमा रहेको नविन औद्योगिक कदर बहादुर रिता उच्च मावी परिसरमा क्यान्टिन संचालन गर्दैै आएका एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।

सोही विद्यालयमा अध्यनरत बालिकाले आफूलाई दुर्व्यवहार गरेको आमालाई भनेपछि प्रहरीमा उजुरी दिएका थिए । यसबारे अनुसन्धान भइरहेको डिएसपी मुकुन्द मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment