Comments Add Comment

कामना अवार्डमा दयाहाङ, अनमोल, सौगात, खगेन्द्र र आर्यनविच उत्कृष्ट नायकको प्रतिस्पर्धा

Aaryan Daya Anmol

सीजी इन्टरटेन्मेन्टको प्रस्तुतीमा आयोजना हुन लागेको ‘कामना फिल्म अवार्ड २०७३’का लागि मनोनयन सार्वजनिक गरिएको छ । गतबर्ष भूकम्पका कारण यो अवार्ड आयोजना भएको थिएन । वि.सं २०७१ सालमा पहिलो पटक अवार्ड आयोजना भएको थियो ।

यो अवार्डमा चलचित्र ‘नाई नभन्नु ल ४’ सर्वाधिक २१ विधामा मनोनयनमा परेको छ भने ‘प्रेमगीत’ १९, ‘क्लासिक’ १७, ‘ड्रिम्स’ १६, ‘वडा नम्बर ६’ १४ र ‘पशुपतिप्रसाद’ १२ विधामा मनोनयमा परेको छ ।

यस वर्ष पनि २६ विधामा प्रतिस्पर्धात्मक रुपमा अवार्ड प्रदान गरिनेछ । २६ मध्ये लोकप्रिय १८ विधामा दर्शकको एसएमएस मतका आधारमा सर्वोत्कृष्ट चलचित्र तथा कलाकारको छनौट गरिने कामनाले जनाएको छ । कामनाका अनुसार यी १८ विधाका अवार्डमा ९० प्रतिशत निर्णायकबाट र १० प्रतिशत मत एसएमएसबाट लिइनेछ ।

उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, खलपात्र, हाँस्य कलाकार, सह-अभिनेता, सह-अभिनेत्री, संगीतकार, गीतकार, पाश्र्व गायक र गायिका, नव-निर्देशक, नव-अभिनेता, नव-अभिनेत्री, बालकलाकार, कोरियोग्राफी र द्धन्द्ध निर्देशक विधाको एसएमएस मतका लागि बिहीबारबाट भोटिङ खुला हुने पनि आयोजकले जानकारी गराएको छ । प्राविधिक विधामा भने निर्णायक मण्डलको मूल्यांकनका आधारमा अवार्ड प्रदान गरिनेछ । यी विधामा एसएमएस मत हुने छैन।

यस्तै २ जना चलचित्रकर्मीलाई चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा दीर्घ योगदान सम्मान प्रदान गर्न लागिएको छ । यसैगरि, निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक चलचित्र, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । यस्तै, संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड प्रदान गरिने आयोजक कामना न्यूज पब्लिकेसन्स्द्धारा जारी प्रेस सामग्रीमा उल्लेख गरिएको छ ।

लक्स कामना अवार्डस् २०७३ काे मनोनयन सूचि यस्ताे छः

उत्कृष्ट चलचित्र
प्रेम गीत
ड्रिम्स
पशुपतिप्रसाद
नाई नभन्नु ल ४
क्लासिक

उत्कृष्ट चलचित्र निर्देशक
वडा नम्बर ६ः उज्वल घिमिरे
नाई नभन्नु ल ४ः विकासराज आचार्य
पशुपतिप्रसादः दिपेन्द्र के खनाल
प्रेम गीतः सुदर्शन थापा
क्लासिकः दिनेश राउत

उत्कृष्ट चलचित्र अभिनेता
पशुपतिप्रसादः खगेन्द्र लामिछाने
क्लासिकः आर्यन सिग्देल
कबड्डी कबड्डीः दयाहाङ राई
डि्रम्सः अनमोल केसी
फन्कोः सौगात मलल

उत्कृष्ट चलचित्र अभिनेत्री
प्रेम गीतः पूजा शर्मा
भाग सानी भागः केकी अधिकारी
फागुः शील्पा पोखरेल
वडा नम्बर ६ः प्रियंका कार्की
क्लासिकः नम्रता श्रेष्ठ

उत्कृष्ट खलपात्र
प्रेमगीतः राजाराम पौडेल
फन्कोः अनुप बराल
भैरवः मुरलीधर
फागुः वसन्त भट्ट
पशुपतिप्रसादः बिपिन कार्की

उत्कृष्ट हाँस्य कलाकार
नाई नभन्नु ल ४ः शिशिर भण्डारी
वडा नम्बर ६ः सिताराम कट्टेल
अधकट्टीः विलशनविक्रम राई
वडा नम्बर ६ः केदार घिमिरे
सुश्रीः राजाराम पौडेल

उत्कृष्ट सह अभिनेता
फन्कोः दयाहाङ राई
रेशम फिलीलीः कामेश्वर चौरासिया
फागुः टिका पहाडी
प्रेमगीतः सरोज खनाल
वडा नम्बर ६ः जितु नेपाल

उत्कृष्ट सह अभिनेत्री
भाग सानी भागः गीता अधिकारी
कबड्डी कबड्डीः अरुणा कार्की
वडा नम्बर ६ः दीपाश्री निरौला
रिप\mयुजीः विपना बस्नेत
क्लासिकः प्रियंका कार्की

उत्कृष्ट संगीतकार
नाई नभन्नु ल ४ः (माग्ने बनायौ) वसन्त सापकोटा
ड्रिम्सः (तिमी सामू) रोदित विशेष
वडा नम्बर ६ः)सुर्के थैली खै) राजनराज शिवाकोटी
प्रेम गीतः(म यस्तो गीत गाउँछु) अर्जुन पोखरेल
क्लासिकः(हाँरे हाँरे) ताराप्रकाश लिम्बु

उत्कृष्ट गीत रचना
क्लासिक-हारेा हारेा दिनेश राउत
नाई नभन्नु ल ४ः(माग्ने बनायौं) डा. कृष्णहरी बराल
प्रेम गीतः(म यस्तो गीत गाउँछु) अर्जुन पोखरेल
ड्रिम्सः(तिमी सामु) रोदित विशेष
प्रेमगीतः(म त अलपत्रै पर्छु) डा. कृष्णहरी बराल

उत्कृष्ट पाश्र्व गायक
प्रेम गीत-(म त अलपत्रै पर्छु) स्वरुपराज आचार्य
वडा नम्बर ६-(सुर्के थैली खै) राजनराज शिवाकोटी
क्लासिक-(हाँरे हाँरे) युवराज चौलागाई
ड्रिम्स-(तिमी सामु) रोदित विशेष
नाई नभन्नु ल ४-(माग्ने बनायौ) प्रल्हाद तिमिल्सिना
प्रेम गीत-(म यस्तो गीत गाउँछु) सुगम पोखरेल

उत्कृष्ट पाश्र्व गायिका
वडा नम्बर ६-(सुर्के थैली खै) अञ्जु पन्त
प्रेम गीत-(म यस्तो गीत गाउँछु) अञ्जु पन्त
क्लासिक-(सुनौलो हर दिन) मेलिना राई
प्रेम गीत-(म त अलपत्रै पर्छु) अञ्जु पन्त
नाई नभन्नु ल ४-(माग्ने बनायौ) इन्दिरा जोशी

उत्कृष्ट नव निर्देशक
रेशम फिलीलीः प्रणव जोशी
भैरवः निखिल उप्रेती
ड्रिम्स भुवन केसी
चक्लेटः निर्मल शर्मा
धौलीः घनश्याम लामिछाने

उत्कृष्ट नव अभिनेता
कैफियतः शंकर शाही ठकुरी
चंखे शंखे पंखेः प्रेम पुरी
फागुः सुभास पराजुली
नाई नभन्नु ल ४ः पल शाह
होष्टल रिर्टन्सः शुशिल श्रेष्ठ

उत्कृष्ट नव अभिनेत्री
ड्रिम्सः सामाज्ञ्री राज्य लक्ष्मी शाह
नाई नभन्नु ल ४ः वर्षा राउत
सुश्रीः आशिका तामाङ
नाई नभन्नु ल ४ः आँचल शर्मा
काफल पाक्योः वर्षा राउत

उत्कृष्ट बाल कलाकार
चक्लेटः तेजश्वी स्त्री
नाई नभन्नु ल ४ः अनुभव रेग्मी
क्लासिकः सिमाना कोईराला
धौलीः गोपाल भट्टराई
वागमतीः कञ्जन ठकुरी

उत्कृष्ट कोरियोग्राफर
वडा नम्बर ६-(सुर्के थैली खै) शंकर बिसी
फागु-(सिन्दुरी सिन्दुरी) कमल राई
प्रेम गीत-(म यस्तो गीत गाउँछु) रेनेशा वान्तवा राई
ड्रिम्स-(तिमी सामु) कविराज गहतराज
नाई नभन्नु ल ४-(माग्ने बनायौ) कविराज गहतराज

उत्कृष्ट द्धन्द्ध निर्देशन
पशुपतिप्रसादः सुर्य थोकर
नाई नभन्नु ल ४ः हिमाल केसी
भैरवः हिमाल केसी
ड्रिम्सः चन्द्र पन्त
वडा नम्बर ६ः रोशन श्रेष्ठ

चलचित्र उत्कृष्ट कथा
नाई नभन्नु ल ४ः विकासराज आचार्य/सापिम्पयराज तिमिल्सिना
क्लासिकः छेतेन गुरुङ
पशुपतिप्रसादः दिपेन्द्र के खनाल
प्रेम गीतः सुदर्शन थापा
ड्रिम्सः सामिप्यराज तिमिल्सिना

उत्कृष्ट पटकथा
पशुपतिप्रसादः खगेन्द्र लामिछाने
ड्रिम्सः सामिप्यराज तिमिल्सिना
क्लासिकः छेतेन गुरुङ
प्रेम गीतः रामशरण पाठक
नाई नभन्नु ल ४ः विकासराज तिमिल्सिना/सामिप्यराज तिमिल्सिना

चलचित्र उत्कृष्ट संवाद
पशुपतिप्रसादः खगेन्द्र लामिछाने
क्लासिकः छेतेन गुरुङ
वडा नम्बर ६ः दीपकराज गिरी
कबड्डी कबड्डीः रामबाबु गुरुङ/उपेन्द्र सुब्बा
नाई नभन्नु ल ४ः विकासराज आचार्य/सामिप्यराज तिमिल्सिना

उत्कृष्ट उत्कृष्ट छायांकार
क्लासिकः राजेश श्रेष्ठ
नाई नभन्नु ल ४ः पुरुषोत्तम प्रधान
पशुपतिप्रसादः निरज कँडेल
प्रेम गीतः राजेश श्रेष्ठ
ड्रिम्सः पुरुषोत्तम प्रधान/सञ्जय लामा

उत्कृष्ट पाश्र्व संगीत
ड्रिम्सः शैलेश श्रेष्ठ
नाई नभन्नु लः ४ एलिष कार्की
क्लासिकः रोहित शाक्य/शैलेन्द्र श्रेष्ठ
प्रेम गीतः एलिष कार्की
पशुपतिप्रसादः जेशन कुँवर

उत्कृष्ट श्रृंगार
प्रेम गीतः निमा लामा
वडा नम्बर ६ः शंकर थापा
नाई नभन्नु ल ४ः श्याम बराल
ड्रिम्सः निमा लामा
पशुपतिप्रसादः शमशेर लामा

उत्कृष्ट ध्वनि मुद्रण
नाई नभन्नु ल ४ः मुकेश शाह
वडा नम्बर ६ः सुनयमान श्रेष्ठ
क्लासिकः अमित श्रेष्ठ
भाग सानी भागः अमित श्रेष्ठ
ड्रिम्सः उत्तम न्यौपाने

उत्कृष्ट सम्पादन
पशुपतिप्रसादः दिर्घ खड्का
प्रेम गीतः सुरेन्द्र पौडेल
नाई नभन्नु ल ४ः अर्जुन जीसी
क्लासिकः सुरेन्द्र पौडेल
ड्रिम्सः बनिष शाह/मिलन श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment