Comments Add Comment

औषधि किन्न गएकी शान्तिको शव भेटियो, बलात्कापछि हत्याको आशंका

२० असोज, नेपालगञ्ज । बाँकेको कम्दी गाविस–९ छत्रहवाकी शान्ति बुढाको हत्या भएको छ ।

Murderऔषधि किन्न बुधबार ४ बजे घरबाट बाहिर गएकी उनको बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले गरेको छ ।

दुई छोरीकी आमा २५ वर्षीया बुढाको शव वस्त्रविहीन अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिएका छन् ।

मृतकको घरदेखि २०० मिटर पर रहर बारीमा शव देखेपछि गाउँलेले बिहान १० बजे प्रहरीलाई खबर गरेका थिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment