Comments Add Comment

राजा फर्काउने प्रपञ्चस्वरुप धर्मनिरपेक्षमाथि प्रहार: मन्त्री गुरुङ

Suryaman-gurung८ कात्तिक, इटहरी । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले राजा फर्काउने प्रपञ्चस्वरुप धर्मनिरपेक्षमाथि प्रहार हुन थालेको बताएका छन् ।

कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीले धरानमा आयोजना गरेको ‘आदिवासी जनजातिका मुद्दा र संविधान संशोधन’ विषयक अन्तर्क्रियामा मन्त्री सुब्बाले विभिन्न जातजाति, धर्म र संस्कृतिले विविधतायुक्त मुलुक नेपाल कुनै पनि धर्मविशेषको राज्य हुन नसक्ने बताए ।

उनले धर्मनिरपेक्षताले कुनै पनि धर्मको संरक्षणमा हानि नगरेको र भविष्यमा पनि नगरिने स्पष्ट पारे ,

नेपाल आदिवासी जनजाति सङ्घका सभापति इन्द्रबहादुर गुरुङले अब बन्ने सबै सङ्घीय प्रदेशलाई बहुजातीय र समानुपातिक समावेशी सहभागितामा लाग्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment