Comments Add Comment

लोकमानविरुद्ध सबै दल एकजुट हुनुपर्छः केसी

८ कात्तिक, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई जसरी भएपनि कारवाही गर्नुपर्ने बताएका छन् ।

Chitra-Bahadur-KCराष्ट्रिय जनमोर्चाले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले आफ्नो पार्टी महाअभियोग प्रस्तावको पक्षमा रहेको स्पष्ट पारे ।

तत्कालिन अवस्थामा प्रमुख दलका नेताहरुले आफ्ना गल्ती कमजोरी लुकाउन कार्कीलाई अख्तियार प्रमुख बनाएको उनले बताए । कार्कीलाई अख्तियार प्रमुख बनाउनु नै राजनीतिक दलहरुको ठूलो गल्ती रहेको उनको भनाइ थियो ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले शक्तिको दवावमा अख्तियार प्रमुख बनेका कार्कीलाई अहिले महाअभियोग लगाएर हटाउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।

‘आफ्नो गल्ती कमजोर लुकाउन कार्कीलाई प्रमुख दलका नेताहरुले अख्तियार प्रमुख बनाए,’ पूर्वमन्त्री केसीले भने, ‘अहिले त्यही बिस्फोट भएको हो ।’

केसीले राज्यका महत्वपूर्ण निकायमा कार्यालय प्रमुख नियुक्ति गर्दा स्वच्छ व्यक्तिलाई नियुक्ति गनुपर्छ भन्ने पाठ नेपालका राजनीतिक दलका नेताहरुलाई लोकमान काण्डले सिकाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment