Comments Add Comment

बिहीबारका टप १० समाचारः प्रचण्डले ‘फायर’ खेल्दादेखि बालुवाटारमै धम्कीसम्म

आज बिहीबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. प्रचण्डले ‘फायर’ खोल्दा उपेन्द्र यादव अल्मलिए

Pm-Prachanda

प्रचण्डको यो रोडम्यापमा मधेसी मोर्चाका नेताहरुको प्रतिक्रिया आउन सकेको छैन छ । विहीबार बसेको संघीय गठबन्धनको बैठकसमेत प्रचण्डको प्रस्तावमाथि लगभग मौन देखिएको छ ।

२. प्रचण्डकै प्रस्तावमा भयो भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णय

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने तयारी गरिरहेका बेला मन्त्रिपरिषदको बिहीबारको बैठकले सार्वजनिक विदाको निर्णय गरेको हो । जसको आलोचना भएको छ ।

३. विदेशनीतिमा प्रचण्डपथः मेरो कुनै देशप्रति झुकाव छैन

मैले ओलीजीलाई प्रधानमन्त्री निर्वाचित गर्ने प्रस्ताव गर्दैगर्दा, हामीले नाकाबन्दीको सामना गर्दैगर्दा र संविधान घोषणा गराउने वातावरण बनाउँदै  गर्दा तपाईहरुले हेर्नुभयो भने म शायद अरुभन्दा अलि बढी ‘अफेन्सिभ’ नै थिएँ

४. सी जिनपिङले चाइनिज बोल्दा प्रचण्डले कसरी बुझे ?

भारतको गोवा भ्रमणका बेला प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग लामो एवं अन्तरंग कुराकानी गरेको यसअघि नै चर्चामा आइसकेको छ । तर, भाषाको एउटा ‘जादू’का विषयमा भने खासै चर्चा भएको छैन ।

५. लोकमानको घरमा म्याद तामेली नगर्ने शम्भु खत्री भन्छन्- यो काम साह्रै गाह्रो छ हजुर !

ख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद तामेली नगरी फरार भए भनिएका सर्बोच्च अदालतका श्रेस्तेदार शम्भु खत्रीले विहीबार अदालतमा चार पन्ने लिखित जवाफ बुझाउँदै दुःख पोखेका छन् ।

६. संघीय गठवन्धनले सरकारलाई सचेत गरायो, लोकमानबारे अझै मौन

मधेसी मोर्चासहितको संघीय गठवन्धनले तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई सचेत गराएको छ । साथै उसले प्रदेशको सीमांकन नटुङ्गएिसम्म स्थानीय तहको पुनर्संरचना स्वीकार नगर्ने र कुनै पनि चुनाव हुन नदिने चेतावनी दिएको छ ।

७. एउटा सुटकेसमा केही भयो भन्दैमा नेपाल एयरलाइन्स खत्तमै भन्न मिल्ला ?

मैले हाम्रा कर्मचारी साथीहरुलाई भनेको छु कि पान पसल र हामीमा केही फरक छैन । पान पसलले पान बेचेर पैसा कमाउँछ, हामीले सिट बेचेर कमाउनुपर्छ ।

८. लोकमानसिंहलाई नहटाउनु भन्दै बालुवाटारमै प्रचण्डलाई धम्की !

ख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई जोगाउन शक्ति केन्द्रहरुसमेत सक्रिय बनेका छन् । यसैक्रममा नेपाली कांग्रेसका एकजना सांसदले भारतीय बुद्धिजीवी एसडी मुनीलाई बालुवाटारमा पुर्‍याएर प्रधानमन्त्री प्रचण्डलाई धम्की दिएका छन् ।

९. हरेक काम दोहोर्‍याएर गर्नुहुन्छ ? ओसिडी हुनसक्छ

आफ्नै मनबाट उत्पन्न भएको विचार दोहोरिने समस्यालाई ‘ओसिडी’ (अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर) भनिन्छ । आम जनमानसमा २ देखि ३ प्रतिशतसम्म देखिने यो समस्या मानसिक रोगमध्येको चौथो ठूलो हो

१०. आफ्नै निर्णय उल्लंघन गर्दै ओली र माधव नेपाल गुट

र्टीको कुनै पनि कमिटी र जनवर्गीय संगठनमा गुटगत प्यानलका आधारमा चुनाव नगर्ने नेकपा एमालेको निर्णय जिल्ला चुनावहरुमा पालना हुन सकेन । प्रदेश नम्बर ५ यो निर्णय पालना भएको छ ।

र, यो पनि

४ वर्षमै १ सय सन्तानका पिता बने यी पुरुष

आखिर कुनै पुरुष ४ वर्षमै कसरी एक सय सन्तानको बाउ बन्न सक्छ ? सायद पत्यार नलाग्न सक्छ । तर अमेरिकामा भने एकजना पुरुषले ४ वर्षमै १ सय सन्तानको जन्म दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment