+
+

महिलाको कन्चटमा रडले हानेर घरमा लुटपाट

सलमान खान सलमान खान
२०७३ कात्तिक १८ गते १५:२६

१८ कात्तिक, भैरहवा । रुपन्देही जिल्लाको रुद्रपुर क्षेत्रमा एक महिलाको कन्चटमा फलामले हानेर घरमा लुटपाट गरिएको छ ।

गएराति रुद्रपुर ९ हनुमाननगरकी ३७ वर्षीया कोपिला ढकाल घरमा सुतिरहेको अवस्थामा लुटेराले कन्चटमा फलामले प्रहार गरेर लुटपाट गरेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख इन्स्पेक्टर बाबुराजा पन्तले जानकारी दिए ।

‘घरमा अन्य परिवार सदस्य नभएको बेला ढकाल राति सुतेको अवस्थामा अपरिचित व्यक्तिले कन्चटमा फलामले हानेर घाइते बनाई लुटपाट गरेको देखिएको छ’ इन्स्पेक्टर पन्तले अनलाइनखबरसँग भने, ‘तर घरमा के कति लुटपाट भएको छ त्यो खुलेको छैन ।’

घाइते ढकालको अवस्थामा गम्भीर रहेको र रुपन्देहीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमडौं लगिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?