+
+

सेलिब्रेटीलाई ‘ब्लक गरौं’ भन्ने अभियान किन विश्वभर चल्दैछ ? 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १७:१७
हलिउड अभिनेत्री जेन्डाया । फाइल तस्वीर

काठमाडौं । केही सातायता सामाजिक सञ्जालमा ‘ब्ल्याक आउट’ र ‘ब्ल्याक आउट २०२४’ जस्ता ह्यासट्याग प्रयोग भइरहेको छ । गत साता अमेरिकाको न्युयोर्कमा मेटगाला समारोह आयोजना भएपछि त यो अभियान विश्वभर चर्किन थालेको छ ।

यो अभियानमार्फत सञ्जालका प्रयोगकर्ताले सेलिब्रेटीलाई ‘ब्लक’ गर्न आह्वान गरिरहेका छन् । यो अभियानको निशानामा इजरायल-गाजा युद्ध लगायतका मानवीय संकटका विषयमा मौनता साँधिरहेका सेलिब्रेटीलाई निशाना बनाइएको छ ।

सबैभन्दा पहिला मे ८ मा ब्ल्याकआउट २०२४ नामक एउटा टिकटक एकाउन्टमा भिडियो पोस्ट भएको थियो । जसमा ‘आफ्नो माध्यमबाट आम्दानी गर्न नदिने गरी सेलिब्रेटीलाई ब्लक गर्न’ भनिएको थियो ।

त्यसयता यो अभियान विश्वभर फैलिएको छ । हजारौंले सेलिब्रेटीलाई ब्लक गर्नुपर्ने भन्दै कमेन्ट पोस्ट गरेका छन् । धेरैले यी ह्यासट्याग प्रयोग गरिएका पोस्टमा सेलिब्रेटीको आलोचना गरेका छन् ।

‘ब्ल्याकआउट’ शब्द प्रयोग भएको फेसबुक पोस्टमा त्यसयता १० गुणाले अन्तरक्रिया बढेको जनाइएको छ । गुगलमा समेत ‘ब्ल्याकआउट’ शब्द खोज्नेको संख्या पनि ह्वात्तै बढेको छ । त्यसपछि मानिसले ब्लक गर्नुपर्ने सेलिब्रेटीको सूची पनि सार्वजनिक गर्न थालेका छन् ।

यी सूचीमा केही चर्चित नामहरु छन् । जस्तै– किम कार्दसियन, टेलर स्वीफ्ट, बियोन्से, जस्टिन बिबर, जेन्डाया, कानी वेस्ट, माइली साइरस र सेलेना गोमेज छन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ताले ती सेलिब्रेटीलाई अनफलो गर्न समेत आग्रह गरेका छन् । यो अभियान आएपछि मोडल हेली कालिलले टिकटकमा एक लाख फलोअर गुमाएकी छन् । उनलाई पछ्याउनेको संख्या एक करोडबाट घटेर ९९ लाखमा झरेको छ ।

खासगरी गाजा हमलासहित विश्वका अन्य भूभागमा भएका मानवीय संकटमा ठूला कलाकार मौन रहेकोप्रति सामाजिक सञ्जालका प्रयोगकर्ता रुष्ट देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?