Comments Add Comment

म्याग्दी यातायात सेवाका जिप तोडफोड

१८ मङ्सिर, म्याग्दी । पश्चिम म्याग्दी यातायात सेवा प्रालि दरवाङले बेनी– दरबाङ सडकखण्डमा भोलिदेखि सञ्चालन गर्न ल्याएको दुईवटा जिप पर्वत बेनीमा तोडफोड भएको छ ।

दरबाङमा भोलि उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारीका साथ ल्याउन लागेको जिपमध्ये दुईवटा जिपको अगाडिको सिसा, झ्याल लगायतमा क्षति पुगेको छ ।

todfod
प्रतिकात्मक तस्वीर

म्याग्दी आउने क्रममा गएराति करिब १० बजे ८÷९ जनाको समूहमा आएका युवाले तोडफोड गरेको प्रालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

उनले म्याग्दी जिप तथा बस सञ्चालक समिति अन्तर्गतको काउन्टरका कर्मचारीले आफ्नो प्रालिको सेवा सुचारु हुन नदिने नियतले उक्त तोडफोड गरेको दाबी गरे ।

उक्त समूहले जिप चालकलाई पनि हातपातको प्रयास गरेको बताइएको छ । म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले घटनालगत्तै तोडफोड भएका जिपलाई प्रहरी कार्यालयमा ल्याइएको र दोषीलाई पर्वत प्रहरीसँग समन्वय गरी खोजी गरिरहेको बताए ।

यसैबीच, उक्त तोडफोडमा आफ्नो समितिको कुनै संलग्नता नभएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले जानकारी दिए ।

उनले उक्त प्रालिसँग सेवामा प्रतिस्पर्धा गर्न समिति तयार रहेको कारण समितिले कुनैपनि अनैतिक प्रतिस्पर्धा नगर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment