२६ मंसिर, काठमाडौं । सरकारले सहसचिव डा. सुरोज पोखरेललाई सचिवमा बढुवा गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वन तथा कृषि समूहमा रिक्त सचिव पदमा पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा पोखरेल, युवकध्वज जीसी र प्रकाश माथेमाको नाम थियो ।
सिफारिस भएकामा पोखरेल वरिष्ठ हुन् ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4