२९ मंसिर, काठमाडौं । एसीसी यू-१९ एशिया कप क्रिकेटको उदघाटन खेलमा नेपालले बिहीबार आयोजक श्रीलंकाबिरुद्ध कोलम्बोमा प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार नेपालको खेल बिहान १० बजेबाट सुरु हुनेछ ।
तुलनात्मक रुपमा श्रीलंकाको युवा टोली नेपालभन्दा निक्कै बलियो देखिन्छ । श्रीलंकाको टोलीमा राष्ट्रिय टोलीबाट टेष्ट खेलिसकेका खेलाडीहरु छन् । टोलीका धेरैजसो खेलाडीहरु सन् २०१३ मा यू-१७ प्रतियोगिता खेलेका छन् ।
स्पिन बलिङ गर्न र स्पिनका बिरुद्ध ब्याटिङ गर्न श्रीलंकाली टोली माहिर मानिन्छ । विश्व क्रिकेटमा बिरलै देखिनै दायाँ र बायाँ दुवै हातले बलिङ गर्नसक्ने खेलाडी श्रीलंकाली टोलीमा छ । त्यस्तै श्रीलंकाले हालै जिम्बाबेको भ्रमणमा आफ्नो दोस्रो दर्जाको टेष्ट टिम पठाएको थियो र त्यस टोलीका सदस्यहरु अहिले यु १९ टोलीमा छन् ।
यहाँ हामीले श्रीलंकाका चार महत्वपूर्ण खेलाडीका बारेमा उल्लेख गरेका छौं जो भोलि हुने खेलमा नेपालका लागि बाधक बन्नसक्छन् ।
१. चरिथ असलंका

श्रीलंकाको कप्तानी ओपनिङ ब्याट्सम्यान चरिथ असलंकाले गर्दैछन् । उनले २०१३ मा श्रीलंकाको अण्डर सेभेन्टिन टोलीले इंग्ल्याण्डको भ्रमण गर्दा खेलेको २ दिवशीय खेलमा ९२ र ३१ रन बनाएका थिए ।
२०१५ मा भएको बंगलादेश, अष्ट्रेलिया र श्रीलंकाका यु १९ टोलीको पाँच खेलको सिरिजमा उनी श्रीलंकाको तर्फबाट सर्बाधिक रन बनाउने खेलाडी थिए । साथै उनी दायाँ हात अफस्पिन बलर पनि हुन् । त्यस सिरिजमा उनी श्रीलंकाका लागि दोस्रो सर्वाधिक विकेट लिने खेलाडी थिए ।
२०१६ मा भएको यु १९ विश्वकपमा पनि उनी श्रीलंकाको कप्तान थिए । विश्वकपमा श्रीलंका सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।
२. अभिस्का फर्नाण्डो
१८ बर्षीय अभिस्का फर्नाण्डोले कुनैपनि उच्च लेभल -लिष्ट ए, फर्ष्ट क्लास, टी-ट्वान्टी) का क्रिकेट नखेली सोझै राष्ट्रिय एकदिवशीय टिममा परेका थिए ।
उनले २०१६ मा भएको यु १९ विश्वकप क्वाटरफाइनलमा इंग्ल्याण्डलाई हराउँदा ९६ बलमा ९५ रन बनाएका थिए ।
३. कामिन्डु मेन्डिस

उनी विश्व क्रिकेटकै दुर्लभ खेलाडीमध्ये मानिन्छन् । उनी दुवै हातले बलिङ गर्न माहिर छन् ।
हालै सम्पन्न यु १९ विश्वकपमा पाकिस्तानबिरुद्धको खेलमा उनले एकै ओभरमा दुवै हातले बलिङ गरेर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिचान कायम गरेका थिए ।
पाकिस्ताबिरुद्धको खेलको २७औं ओभरमा बलिङ गर्दा दुवै दायाँहाते पाकिस्तानी ब्याट्सम्यानलाई दवावमा ल्याउन बायाँ हातले बलिङ गरे । त्यही ओभरमा एक ब्याट्सम्यान रनआउट भएपछि आएका बायाँहाते ब्याट्सम्यानबिरुद्ध दायाँ हातले बलिङ गरेका थिए ।
उनले बायाँ हातले ब्याटिङ गर्छन ।
४. लाहिरु कुमारा
लाहिरु कुमार दायाँहाते फाष्ट बलर हुन् । उनले श्रीलंकाका लागि दुई टेष्ट म्याच जिम्बाबेबिरुद्ध खेलेका छन् । २०१६ को विश्वकपमा श्रीलंकालाई सेमिफाइनलसम्म पुर्याउनका लागि यी बलरको महत्वपूर्ण योगदान थियो ।
२०१६ अगष्टमा श्रीलंकाली यु १९ टोलीले इंग्लिस टोलीसँग खेलेको टेष्ट म्याचमा लाहिरुले ७ विकेट लिएका थिए ।
५. असिथा फर्नाण्डो
श्रीलंकाले अण्डर नाइन्टिन विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्दा श्रीलंकाली युवा टोलीका फाष्ट बलर असिथाले महत्वपूर्ण योगदान गरेका थिए ।
उनले सेमिफाइनलमा भारतबिरुद्ध मात्र ४३ रन दिएर चार विकेट लिएका थिए । यद्यपि त्यस खेल भारतले जित्यो ।
२०१६ मा श्रीलंका ए टिमले पाकिस्तान ए टिमलाई ३३ रनले हराउँदा उनले ३३ रन खर्चेर ५ विकेट लिएका थिए ।




प्रतिक्रिया 4