Comments Add Comment

धादिङमा वृज सिमेन्टको अन्तरक्रियात्मक कार्यक्रम

क्वान्टिटी र क्वालिटीमा सन्तुलन कायम दावी

bridge-cement
३ माघ, धादिङ । केडिया ग्रुपले सञ्चालन गरेको वृज सिमेन्ट इण्डष्ट्रिज कम्पनीले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा विभिन्न पक्षसँग अन्तरक्रिया गरेको छ ।

कम्पनीले विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, इन्जिनियर, निर्माण व्यवसायी र हार्डवेयर व्यवसायीहरुसँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सिमेन्टमा गुणस्तरीयता कायम राख्नसके मात्र सिमेन्टको बजार राम्रो हुने बताए ।

प्रजिअ ढकालले गुणस्तरहिन सिमेन्ट प्रयोग गर्दा घरदेखि साना/ठूला सबै आयोजना मजवुत नहुने र त्यसले दुर्घटना निम्त्याउन सक्ने धारणा राखे ।

सिमेन्ट गुणस्तरीय भएन भने धेरै ठूलो क्षति हुने भन्दै गुणस्तरीयताको विषयमा कम्पनीले खेलवाड गर्न नहुने बताए । ‘सिमेन्टले गुणस्तर कायम गर्नु भनेको राष्ट्र निर्माणमा पनि सहयोग गर्नु हो’ ‘जुन सिमेन्ट बढी गुणस्तर छ राष्ट्रिय महत्वका ठूला आयोजनामा त्यही सिमेन्ट प्रयोग गर्नुपर्छ प्रजिअ ढकालले भने ।

वृज सिमेन्ट इण्डष्ट्रिजका महाप्रवन्धक रवि रञ्जनले वृज सिमेन्ट कम्पनीको विस्तृत जानकारी दिनुका साथै ‘गुणस्तर राम्रो भयो भने निर्माण व्यवसायीले वृज सिमेन्ट मात्रै प्रयोग गर्न सक्छन् त्यसैले कम्पनीले गुणस्तरमा आप्नो ध्यान केन्द्रित गरेको बताए ।

उनले भने ‘त्यसका लागि कम्पनीले व्यवसायीहरुलाई सहुलियत पनि प्रदान पनि गरेको छ ।’ राष्ट्रिय गौरवका र ठूला आयोजनाहरु वृज सिमेन्टबाटै निर्माण भैरहेको दावी पनि महाप्रवन्धक रञ्जनले गरे ।

‘इन्जिनियरलाई क्वालिटी र ठेखेदारलाई क्वान्टीटीको खाँचो हुन्छ’ उहाँले भन्नुभयो, ‘दुबै पक्षलाई सन्तुष्टि प्रदान गर्ने वृज सिमेन्टको लक्ष्य हो ।

कम्पनीका प्रोजेक्ट म्यानेजर (टेक्निकल) रवि रौनियारले परिमाण र गुणस्तरमा सन्तुलन कायम गरेर कम्पनीले सिमेन्ट बजारमा ल्याएको बताए ।
निर्माणमा सिमेन्ट, बालुवा, गिट्ट,ि डण्डि र इट्टा अपरिवर्तनीय हुने बताउँदै पाँच अपरिवर्तनीय वस्तुमा चारओटा बस्तुसंग सिमेन्ट सम्बन्ध रहने रौनियारको भनाइ छ ।

यस्ता अपरिवर्तनीय वस्तु र त्यसमा पनि अति महत्वपूर्ण सिमेन्टमा कुनै प्रकारको सम्झौता नगर्न पनि रौनियारले सुझाव दिए । यिनै कुरालाई ध्यानमा राखेर वृज सिमेन्टले गुणस्तर कायम गरेको उनको भनाई छ । उहाँले दैनिक ल्याब जाँच गरेर सिमेन्ट बजारमा पठाइएकाले ढुक्क भएर प्रयोग गर्न सरोकारवालासंग आग्रह पनि गरे ।

त्यसैगरी कम्पनीका प्रोजेक्ट म्यानेजर -सेल्स) निरज पहाडीले कम्पनीले समग्र देश विकासमा अनवरत रुपमा सहयोग गर्न तयार रहेको बताए ।
निरज पहाडीले कम्पनीले बजारमा ल्याएको ओपिसी र पिपिसी दुबैको गुणस्तरीयतामा कुनै कमी नभएको बताए ।
‘सिमेन्ट गुणस्तर भएको विश्वास दिलाउन चाहान्छौं, उहाँले वृजले नै पहिलो ओपिसि सिमेन्ट बजारमा ल्याएको बताए ।

कम्पनीका सेल्स म्यानेजर निरज सिंहले पनि वृज सिमेन्ट कम्पनीबाट उत्पादित सिमेन्टहरु गुणस्तरीय भएकैले नै यस क्षेत्रमा वृज सिमेन्ट कम्पनीबाट उत्पादित विभिन्न सिमेन्टका -ओपिसि र पिपिसी) व्राण्डहरुको माग बढ्ढो रहेको जानकारी दिए ।
कार्यक्रममा कम्पनीका सेल्स म्यानेजर निरज सिंहले वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिसंग आवद्व हार्डवेयर व्यवसायीहरुलाई बजार बिस्तार एंव सहकार्यका लागि निर्वाह गर्नुभएको महत्वपूर्ण योगदान प्रति उच्च मुल्याङ्कन गर्दै प्रशंसापत्र प्रदान गरे ।

वृज सिमेन्टका सिनियर मार्केटेङ ितथा ब्राण्ड म्यानेजर अमित श्रेष्ठले कम्पनीले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट -पि.पि.सि.) र साधारण पोर्टल्याण्ड सिमेन्ट -ओ.पि.सि) दुवै किसिमका सिमेन्ट बजारमा उत्पादन र बिक्री वितरण गर्दै आएको बताए ।

कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्टमा वृज सुपर पि्रमियम र शंकर शक्ति उत्पादन गर्दछ भने, पि.पि.सि. सिमेन्ट अन्तर्गत वृज, जम्बो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट ब्राण्डहरु उत्पादन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment