Comments Add Comment

५ आरोपः केटीहरुले फोन गर्नै छाडेः सुरज चापागाँई(बान्द्रे)

bandre
हाँस्य टेलिचलचित्र ‘ट्वाक्क टुक्क’ बाट अभिनयमा प्रवेश गरेका हाँस्य कलाकार सुरज चापागाँई ‘बान्द्रे’ले ‘मेरी बास्सै’वाट धेरै चर्चा पाए । ‘मेरी बास्सै’मा ‘माग्ने बुढा’को सालोको रुपमा देखिने ‘बान्द्रे’ आफूलाई मनकारी कलाकारका रुपमा चिनाउन चाहन्छन् । दुःखीलाई सहयोग गर्नुपर्ने सोच राख्ने ‘बान्द्रे’लाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. बिहेपछि गायब हुनु भयो भन्छन् नि ?
गायब त कहाँ हुनु हल्का घुमघाममा छु । अहिले हेटौंडा आइपुगेँ । अझै केहि दिन काठमाडौ बाहिर नै हुन्छु । अहिले केहि ब्यक्तिगत र केहि अभिनय सम्बन्धी कामका लागि घुमघाममा छु ।

२. बिहेपछि केटी फ्यानहरुको फोन उठाउन छोड्नु भयो रे ?
होइन । म त जति आएपनि उठाउँछु । दुःखको कुरा बिहेपछि केटी फ्यानले फोन गर्नै छाडे । बिहेपछि केटी फ्यानको एउटै फोन उठाउन पाएको छैन ।

३. तपाइले सधै एउटै खाले चरित्र मात्रै निर्वाह गर्नु भयो रे हो ?
होला अहिलेसम्म निर्वाह गरेको चरित्र एउटै भयो होला । क्यारेक्टर परिवर्तन त्यत्तिकै गर्न सकिदैन । किनकी स्थापित क्यारेक्टरप्रति दर्शकको छुट्टै मोह हुन्छ । तर, क्यारेक्टर परिवर्तन गर्दैछु । अहिले म त्यसैको तयारीमा छु । अब मलाई विल्कुल नयाँ गेटअपमा देख्नुहुनेछ ।

४. तपाइकै सहकर्मीहरु सामाजिक काममा सक्रिए भए तर, तपाई अभिनयमा सिमित हुनु भयो भन्छन् ?
मैले सामाजिक काम राम्रैसँग गरेको छु । तर, मैले सामाजिक काम गरेँ भनेर प्रचार गरेको छैन । अहिले पनि म असहायहरुलाई सहयोग गर्छु । मैले आफ्नै बिहेमा पनि बिहे खर्च कटाएर ५० हजार रुपैयाँ एउटा अनाथ आश्रमलाई दिएको थिएँ ।

५. हिरो हुने प्रयास पनि गर्नु भयो तर, सक्नु भएन ?
हो, हिरो हुने प्रयास गरेँ । तर, सकिन सायद म मा हिरो हुने गुण थिएन होला । यसको अर्थ कहिल्यै हिरो हुन्न भन्ने हैन प्रयास जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment